काठमाडौं : गायक प्रवेश राईको नयाँ गीत माया गरन’को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा गायक राईलाई बानिका प्रधानले साथ दिएकी छिन्।
आकाश श्रेष्ठ र मेलिना राईको फिचरिङ रहेको गीतमा कर्मा ग्याल्छेन बोम्जनको शब्द र संगीत छ। जोर मादल एल्बममा समावेश गीतमा साहस शाक्यले संगीत संयोजन गरेका छन्।
बुद्ध थापाको क्यामेरा, विकास धमलाको सम्पादन रहेको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन्।
हेर्नुहाेस्–
तपाईंको ईमेल गोप्य राखिनेछ ।