|

काठमाडौं : पत्रकार डण्ड गुरुङद्वारा लिखित पुस्तक 'निरन्तर नेतृत्व' को प्रधामनन्त्री केपी ओलीले विमोचन गरेका छन्। तमू (गुरूङ) समुदायको प्रमुख चाड ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले उक्त पुस्तक विमोचन गरेका हुन्।

पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री ओलीले पुस्तकले समाजका लागि सकारात्मक सन्देश दिने बताए। समाजमा लेखेर योगदान दिने काममा अझ बढी अग्रसर हुनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो। बेलायतमा सामाजिक संस्थाको रुपमा स्थापना गर्नका लागि तमूहरूले गरेको संघर्षलाई समेटेर पुस्तक लेखिएको छ। पुस्तकमा तमु धिं युकेको हालसम्मको आठ नेतृत्वको अनुभवलाई समेटिएको छ। पुस्तकमा तमुधिं युके स्थापनाको १८ वर्षको संघर्ष र सफलता समेटिएको छ। 

प्रवासमा रहेर पनि समाजसेवामा पुर्‍याएको योगदान र मानवीय सहयोगका लागि तमुधिंले खेलेको भूमिकालाई पुस्तकको मुख्य विषयवस्तु बनाएको पत्रकार गुरुङले बताए। त्यस अवसरमा गौरव गुरुङद्वारा लिखित ल्होछार गीतको भिसीडीसमेत प्रधानमन्त्री ओलीले सार्वजनिक गरेका थिए। उक्त पुस्तक ल्होछारको अवसरमा बेलायतमा पनि नै विमोचन भएको छ। गण्डकी प्रदेशका योजना तथा अर्थ मामिलामन्त्री किरण गुरुङले बेलायतको रेडिङमा तमुधिं युकेले आयोजना गरेको ल्होछार समारोहमा विमोचन गरेका हुन्। पुस्तक २३२ पृष्ठको रहेको छ।

लामो समयदेखि पत्रकारितामा क्रियाशील डण्ड गुरूङ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रिय अध्यक्ष समेत हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.