|

काठमाडौं : आज  छैठौं राष्ट्रिय नेपाली टोपी दिवस मनाइएको छ। नेपाली टोपीको प्रवर्द्धन गर्ने उद्देश्यले ६ वर्ष अघिदेखि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो।

 जागरुक युवा अभियान नेपाललगायत संघ संस्थाले आयोजना गरेको र्‍याली नेपाली टोपी र नेपालको झण्डा लिएर  माइतिघरदेखि बानेश्वरसम्म गएको थियो।

युवा पुस्तामा राष्ट्रिय पोशाकको महत्व जानकारी गराउँदै त्यसको प्रयोग र सम्बर्द्धन गर्न दिवस सुरुवात गरिएको आयोजकको भनाइ थियो। राष्ट्रिय पहिचानको रुपमा रहेको नेपाली टोपीको संरक्षण र जगेर्ना गर्ने उद्देश्यसहित छ वर्षदेखि अग्रेजी नयाँ वर्षको दिन टोपी दिवस मनाउने गरिएको हो।


 

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.