|

हेटौंडा : नेपाली चलचित्र ‘चौका दाउ’ को टोली चलचित्रको प्रवर्द्धन गर्ने मोफसल दौडमा निस्किएको छ। मौफसल दौडको चलचित्र टोली मंगलबार हेटौंडा आइपुगेको हो।

चलचित्र पुस २७ गतेबाट शुक्रबारबाट देशभर प्रदर्शनमा आउने जानकारी दिँदै चलचित्र टोलीले हेटौंडा हुँदै चितवन, पोखरा, बुटवललगायत देशभरको विभिन्न शहरमा पुग्ने बताइएको छ। पत्रकार सम्मेलनमा निर्देशक पुर्णेन्द्र झाले चलचित्रमा विभिन्न हाँस्य कलाकारले अभिनय गरेको र चलचित्र समाजिक हाँस्य विधामा निर्माण गरिएकोले समाजमा देखिएका समस्यालाई हाँस्यव्यंग्य तरिकाले चलचित्रमा उतारिएको बताए। निर्देशक झाले चौका दाउ पारिवारिक चलचित्र भएकोले परिवारका सबै सदस्य मिलेर हेर्न सकिने बताए।

पत्रकार भेटघाटमा बोल्दै वरिष्ठ कलाकार एवं चलचित्रका पात्र सन्तोष पन्तले चलचित्रको कथावस्तु राम्रो रहेकोले आफू पनि चलचित्रप्रति सकरात्मक रहेकाले अभिनय गरेको बताउँदै समाजको यथार्थलाई चलचित्रको पर्दामा कैद गरिएकाले सबैले हेर्नैपर्ने बताए। 

चलचित्रमा नायिकाको भूमिकामा देखा परेकी नायिका वर्षा राउतले मानिसले काम विगारेपछि त्यसको भागिदार आफै हुनु पर्ने भन्ने सन्देश चलचित्रले दिएको बताइन्। चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा चलचिल निर्माण टोलीका सदस्य एवं पत्रकार डब्बु क्षेत्रीले चलचित्रका बारेमा सहजीकरण गरेका थिए।

एक करोड रुपैयाँ लागतमा निर्माण भएको चलचित्रको पुस २७ गते शुक्रबारबाट हेटौंडासहित एकसाथ देशभरका ८० वटा सिनेमा हलमा प्रदर्शन हुने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.