|

रमेश रावल

कालिकोट : जिल्लामा स्थानीय तहको संख्याको टुंङगो लागेको छ। स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले दुई नगरपालिका र ७ वटा गाउँपालिका गर्ने प्रस्ताव पेस गरेको छ।

जिल्लाका हाल रहेका ९ वटा इलाकालाई आधार बनाएर समितिले ९ स्थानीय तह प्रस्तावित गरिएको हो। कतिपय वडा भूगोलको आधारमा पायक पर्ने ठाउँमा सारिएको स्थानीय विकास अधिकारी तथा प्राविधिक सहयोग समितिका संयोजक प्रदिपराज अधिकारीले बताए।

‘इलाका नम्वर १ मा पर्ने पाँखा, दाहा र बदालकोट गाविसका वडा नम्वर १, २, ३ र भर्ताको ८ नम्वर वडा मान्म गाविसलाई खाडाचक्र नगरपालिकामा प्रस्ताव गरिएको छ’, उनले भने – 'त्यस्तै इलाका नम्वर २ अन्तर्गत रहेका बदालकोट गाविसको ४ नम्वर वडादेखि ९, राम्नाकोट गाविसको ९ वटै वडा र नानिकोट गाविसको १ देखि ७ वडा पचालझरना गाउँपालिकामा प्रस्तावित गरिएको छ।’

इलाका नम्वर ३ अन्तर्गत पर्ने सिपखाना, स्युना,फुकोट गाविस र नानिकोट गाविसको वडा नम्वर ८ र ९ संयुक्त हुने गरी रास्कोट नगरपालिका हुने प्राविधिक सहयोग समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.