|

सिड्नी : 'प्रेमिल काव्य सिर्जना' मा कवि तथा गीतकार बसन्त चौधरी आफ्ना रचना सुनाउन तम्तयार थिए। शनिबार अस्ट्रेलियाको सिड्नीमा नेपाली माझ एक दशकभन्दा लामो अवधिदेखि सिर्जनाकर्ममा रहेका चौधरीले आफ्ना रचना सुनाए।

एकै खाले कार्यक्रम भैरहेका बेला सिड्नीबासी नेपालीहरुले केही फरक अनुभूति गरे, चौधरीको एकल विश्व काव्य यात्रा नेपालीका लागि नयाँ स्वाद र प्रस्तुति थियो। 

"आधा उमेर आफ्नो सपना छरेको छु,
कुन्नि कति फलेको छु, कति झरेको छु ।

त्यसो त जीवनयात्रा मरुभूमि झैँ थियो,
सपनामा चाँहि धेरै, खोला तरेको छु।

अनगिन्ति सास त हो फेरेँ उमेर भरी
थाहा छैन आफैभित्र म, कतिको मरेको छु।

चाहना सुनामीभित्र डुब्दै गईरहेँ म
गन्तव्य खै कहाँ छ, छालमै परेको छु।

कस्तो छ क्षण यो कस्तो यसमा म खै जिएको
तर मर्न निम्ति जीउने, बाचा गरेको छु।"

बसन्त चौधरीको भावसँगै सिड्नीको हल तालीले गुन्जायमान भयो। नौलो र फरक कार्यक्रममा सहभागी हुने अवसर पाएका एनआरएन अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले भने, 'मन छुने साहित्यिक प्रस्तुतिले आनन्द आयो।' 

सिड्नीबासी नेपालीलाई आफ्ना एकल सिर्जना पस्कन पाउँदा साहित्यकार चौधरी पनि उत्साहित देखिन्थे। उनले भने, 'म तपाईँहरूको माया र स्नेहले नै सिर्जनाका शब्दहरू बुन्ने गर्छु।' नेपाली भाषा, साहित्य र संस्कृतिलाई प्रवासी नेपालीबीच जीवन्त राख्ने अभिप्रायले विश्व काव्य यात्रा प्रारम्भ भएको पनि कवि चौधरीले बताए।

सिड्नीमा शनिबार चौधरीको कविता सुन्न स्थानीय साहित्यप्रेमी लगायत समाजसेवीहरुको घुइँचो थियो। साताको साहित्य डट कमले आयोजना गरेको ' काव्यिक कार्यक्रम कवि/गीतकार चौधरीको १७ औं श्रृङ्खला थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.