के काममा कति नोक्सानी?

|

काठमाडौं : संसदका दुई समिति आकर्षित भएको विषयमा वाइडबडी जहाज खरिद प्रकरण एक समितिअन्तर्गतको उपसमितिले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ। उपसमितिले मोटो रकम अनियमितता भएको निष्कर्षसहित दोषीको पहिचान र कारवाहीको सिफारिस गरेको छ। अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिले आफ्नो प्रतिवेदन अझै टुंग्याउन सकेको छैन भने झण्डै दुई साता समितिमा र १५ दिन उपसमितिमा छलफल गरेर लेखासमितिअन्तर्गतको उपसमितिले भने प्रतिवेदन टुंग्याएको छ।

कांग्रेस सांसद राजेन्द्र केसीको संयोजकत्वमा नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकणसम्बन्धमा अध्ययन अनुसन्धान गर्न गठित उपसमितिले चार अर्ब ३५ करोड ५६ लाख रुपैयाँ घोटाला भएको निष्कर्ष निकालेको छ। चार काममा गरी यो रकम पुर्‍याइएको छ, जसमा निरीक्षण अध्‍ययन, खरिदको मूल्यमा अनियमितता र कवोलमा गरेको मूल्यमा गरिएको वृद्धि गरी चार अर्ब ३५ करोड रुपैयाँ अनियमितता भएको अध्‍ययनले पुष्टि गरेको छ भने खरिद गरिएको यथार्थ कागज पाउन नसकेका कारण यो अनियमितता रकम बढ्न सक्ने देखिएको छ।

के काममा कति नोक्सानी?

८४ लाख अमेरिकी डलर

एमएसएन (म्यान्युफ्याक्चरिङ सिरियल नम्बर) लिने क्रममा ८४ लाख अमेरिकी डलर तथा प्रचलित विनिमय दरअनुसार ९४ करोड रुपैयाँ नोक्सान पुर्‍याएको उल्लेख गरिएको छ। एमएसएन १८४० र १८४२ मा रहेको बैना रकम १८४५ र १८५४ मा उपलब्ध गराइएको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रस्तावित नम्बरका जहाज तिब्बत एअर र आइबेरियन एयरले बुक गरेको नम्बरका जहाज उपलब्ध गराउँछु भन्ने प्रस्तावको झूटो विवरण पेस गरिएको उल्लेख छ। पछिल्लो पटक १८७२ र १८७८ जहाज उपलब्ध गराएबाट तीन महिना पहिल्यै कबुल गरिएका जहाजहरू सिधै एयर बस कम्पनीबाट आएका र तिब्बत एअर र स्पेनको आइबेरिया एअरलाइन्सले उडाएको उल्लेख गरिएको छ। ती जहाजहरू २४२ मेट्रिक टन क्षमताका हुनुका साथै तिनीहरूले तीन महिना अगाडिदेखि आम्दानी दिएको उल्लेख गरिएको छ। निगम पहिलो जहाजबाट नौ महिना र दोस्रो जहाजबाट चार महिनाको संभावित आम्दानीबाट वंचित भएकाले सम्बन्धित पदाधिकारीहरूबाट निगमलाई भएको नोक्सानी भराउनुपर्ने उल्लेख गरिएको छ।

निगमलाई प्रि डेलिभरी पेमेन्ट गरेपछि २४ जुन, २०१७ मा प्राप्त एमएसएन नम्बर १८७२ र १८७८ का अधिकतम भार क्षमता २३० मेट्रिक टन रहेका जहाज उपलब्ध गराएको र यसबाट प्रति जहाज १२ टन भार बहन क्षमता कम भएको उल्लेख गरिएको छ।

११ वटा कम्पनीले प्रस्ताव पेस गर्दा तेस्रो हुने कम्पनीले आफूसँग २३३ मेट्रिक टन भार भएको जहाज मौजुद रहेको र २४२ मेट्रिक टन तौल भएको जहाज आवश्यक भएमा प्रति मेट्रिक टन अमेरिकी डलर तीन लाख ५० हजारका दरले थप लागत लाग्ने प्रस्ताव गरेबाट निगमलाई प्रति जहाज अमेरिकी डलर ४२ लाख नोक्सान गराएको उपसमितिको ठहर छ, जसलाई प्रचलित विनिमय दरअनुसार दुईवटा जहाजको ९४ करोड हानी नोक्सानी भएको उल्लेख गरिएको छ।

२३.३ मिलियन डलर

लागत अनुमान र खरिद मूल्यमा २३.३ मिलियन अमेरिकी डलर नोक्सानी भएको उल्लेख गरिएको छ। बस कम्पनीको तत्कालीन मूल्य र छुट रकमलाई नलिई आठ वर्ष पुरानो मूल्यमा वार्षिक मूल्यवृद्धि समायोजन गरी नयाँ विमानको मूल्यलाई लागत अनुमान बनाई अमेरिकी डलर ११ करोड ८१ लाख ६३ हजार ७७३ निर्धारण गरिएको, एक हजार घण्टासम्म उडेको र २०१४ पछि निर्मित पुरानो विमानका लागि सूचना जारी गरेर निगम संचालक समितिले निगमले पाउने तत्कालीन छुट मूल्य बढी हुनुपर्नेमा निगमलाई नोक्सान हुनेगरी खरिद गरेको अवस्थामा प्रस्ताव मूल्यांकन उपसमितिले प्रस्ताव गर्दा पनि घाटा लागेको उल्लेख गरिएको छ। यसअनुसार सन् २०१६ मा आठ करोड ८० लाख ९९ हजार ३१७ डलर पर्ने र व्यवस्थापनले निर्धारण गरेको दर २.७६९५ समेत कायम गर्दा हुने मूल्यलाई पनि बेवास्ता गरी १०४.८ मिलियन डलर निर्धारण गरी एउटाबाट १०.८ मिलियन डलरका दरले २३.३ मिलियन डलर नोक्सानी पुर्‍याएको उल्लेख गरिएको छ।

६.८ मिलियन डलर

कवोल गरिएको मूल्यमा गरिएको वृद्धिले ६.८ मिलियन डलर नोक्सानी गरेको उल्लेख गरिएको छ, जसमा पुरानो विमान खरिद प्रक्रिया अपनाउँदा अधिकतम सीमा व्यवस्थापनले गरेअनुसार २.७६९९५ मा नबढ्ने गरी न्यूनतम सीमा एयर बस कम्पनीले त्यस वर्षका लागि कायम गरेको दर र सार्वजनिक खरिद ऐनको बर्खिलापमा रहेको उल्लेख गरिएको छ। खरिद ऐन मिचेर मूल्य बढाउने प्रावधान राखेर ६.८ मिलियन नोक्सानी गरेको उल्लेख गरिएको छ।

एक करोड रुपैयाँ

निरीक्षणको नाममा विज्ञता हासिल गरेको व्यक्तिलाई समेत भ्रमणमा लगिएको र भ्रमण प्रतिवेदनसम्म नबनाएको कारण एक करोड डलर घाटा पुगेको उल्लेख गरिएको छ। कोको हुन् त भ्रमणमा गएका?

कारवाहीका लागि कोको परे सिफारिसमा?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.