|

कञ्चनपुर : ब्लड बैंक स्थापनाका लागि शुक्लाफाँटा नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरलाई बुधवार एक लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ। रेडक्रस कञ्चनपुरका सदस्य मधु बोहरालाई नगर प्रमुख दिलबहादुर ऐरले एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। 

नगरका वासिन्दालाई निःशुल्क रूपमा रक्त सेवा उपलब्ध गराउन रेडक्रसलाई सहयोग गरिएको नगर प्रमुख ऐरले बताए। 'गत वर्ष नै ब्लड बैंक स्थापनका लागि रकम उपलब्ध गराउने प्रतिबद्धता गरेका थियौंँ' नगर प्रमुख ऐरले भने, ‘प्रतिबद्धताअनुरूप रकम उपलब्ध गराइएको हो।’

रेडक्रसले रक्त सञ्चार सेवा केन्द्रलाई व्यवस्थित रुपमा सञ्चालन गरी निःशुल्क रुपमा सेवा उपलब्ध गराउन नगरपालिकासित सहयोगका लागि आग्रह गरेको थियो। रेडक्रस सोसाइटीले विसं २०५१ सालदेखि सञ्चालन गर्दै आएको रक्त सञ्चार सेवाबाट बर्सेनि ७ सयदेखि ९ सय जनालाई रक्त उपलब्ध गराउँदै आएको छ। आर्थिक अभाव हुँदा  रेडक्रसले रु ७७० प्रति  पोइन्टमा रगत उपलब्ध गराउँदै आएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.