|
प्रतीकात्मक तस्विर

कालिकोट : एसईई परीक्षा आउन दुई महिनामात्रै बाँकी छ। कर्णाली प्रदेशका सहरबजारमा खचाखच विद्यार्थी छन्। ट्युसन नपढी राम्रो नतिजा ल्याउन सम्भव नहुने भएकाले उनीहरू शहर पसेका हुन्। 

अन्नपूर्ण पोस्ट लेख्छ, गाउँका अधिकांश विद्यार्थीको आर्थिक अवस्था कमजोर छ। तर शहरको ट्युसन सेन्टर धाउनु उनीहरूका लागि अनिवार्य नै भएको छ। ट्युसनको लहर देखासिकीजस्तो लाग्न सक्छ। तर, यो ग्रामीण क्षेत्रका विद्यार्थीको बाध्यता हो। ‘स्कुलमा राम्रोसँग पढाइ नै हुँदैन। पढाइ नियमित नहुँदा कोर्स सकिँदैन,’ सन्तोष भन्छन्,। उनले जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी ट्युसनका लागि झरेको मल्लले बताए।

कर्णालीका लगभग सबै सामुदायिक स्कुलमा पाठ्यक्रम पूरा पढाइँदैन। त्यसैले विद्यार्थी ट्युसनमा महंगो शुल्क तिर्न बाध्य छन्। डोल्पाकी देविका रोकाया पनि एक महिनादेखि सदरमुकाम दुनैमा बसेर ट्युसन पढिरहेकी छन्। ‘हुने खानेहरु सुर्खेत, नेपालगन्ज गएर पढ्छन्, हामी यहीँ सदरमुकाममै डेरा लिएर बस्छौँ,’ उनले भनिन्, ‘सरहरूले कहिल्यै पूरा किताब पढाउनुहुन्न। बचेको कोर्स ट्युसनमा पढौंला भन्नुहुन्छ।’

कर्णालीका सबै विद्यार्थीका लागि तीन विषयको अतिरिक्त कक्षा अनिवार्य नै हो। सुर्खेत सदरमुकामभित्रका विद्यालयमै अतिरिक्त कक्षा सञ्चालन भए पनि ग्रामीण क्षेत्र र अन्य जिल्लामा ट्युसन कक्षा लिएर विद्यार्थीले पढाइको कमी पूरा गर्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.