|

धनकुटा : प्रदेश १ को चर्चित पर्यटकीय स्थल भेडेटारमा अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित सातौं खाना महोत्सव बुधबार समापन भएको छ। तीन दिने महोत्सवमा एक करोड रुपैयाँभन्दा बढीको कारोबार भएको आयोजक समितिका संयोजक तथा होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए। महोत्सवमा ३० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरु आएको उनको दाबी छ।

महोत्सवमा हेलिटुर, जातीय परिकार, घरेलु उद्योगबाट उत्पादित सामग्री प्रमुख आर्कषण थिए। स्थानीय खानाका परिकार, अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामग्रीहरुका २४ वटा स्टल राखिएका थिए। आगन्तुकहरुलाई सिम्रिक एयरमा हेलिटुर, प्याराग्लाइडिङ, माउण्टेन बाइक र टुर प्याकेजको व्यवस्था गरिएको थियो।

पर्यटकहरूले नजिकैका पर्यटकीय क्षेत्रहरु साँगुरीगढी, पाथीभरा मन्दिर, शङ्खेश्वर महादेवको मन्दिर, नाम्जेबजार, शैलुङडाँडा, आत्म बस्ने घर थुम्की, थाउजेण्ड बिग बुद्ध, अजङ्गको बरको रुख, सूर्योदय बौद्धबिहार गुम्बाको दर्शन गराइएको थियो।

हेली फ्लाइट मुख्य आकर्षण

महोत्सवको प्रमुख आर्कषण रहेको हेली फ्लाइटबाट पर्यटकीय स्थलको दृश्यअवोलकन र प्याराग्लाइडिङ्ग रहेको थियो। हेलिकप्टर चढेर धेरैले आफ्नो गाउँ हेर्ने अवसर पाए। होटल एसोसिएसन अफ भेंडेटार र सिम्रिक एयरको सहकार्यमा हेलिकप्टरको ‘फन प्लाइट’ भएको होटल एशोसिएसन अफ भेडेटारका पूर्वअध्यक्ष लिलाराज लावतीले बताए।

तीन दिनमा ४७ पटक फन फ्लाइट भएको एसोसिएसनका अध्यक्ष जीतेन्द्र रुम्दाली राईले बताए। २८२ जनाले हेलिटुर गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.