|

काठमाडौं : रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण गरेलगत्तै फेरि डिल्लीबजार कारागार चलान भएका छन्। प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको एक वर्षपछि चौधरीले सांसद् पदको सपथ ग्रहण गरेका थिए।

डिल्लीबजार कारागारमा पुर्पक्षका लागि राखिएका चौधरीलाई प्रहरीले सपथको लागि सिंहदरबारस्थित संघीय संसद सचिवालयमा पुर्‍याएको थियो। चौधरीलाई संघीय संसद सचिवालयमा ३ बजे सभामुख कृष्णबहादुर महराले सपथ ग्रहण गराएका थिए। सपथ ग्रहणलगत्तै उनलाई पुनः प्रहरीले डिल्लीबजार कारागार लिएका छन्।

टीकापुर हत्याकाण्डका आरोपी चौधरी प्रतिनिधिसभामा कैलाली क्षेत्र नम्बर – १ बाट निर्वाचित भएका थिए। ०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरू हट आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित आठजना सुरक्षाकर्मी मारिएका थिए। यो घटनामा मुख्य योजनाकारका रूपमा प्रहरीले चौधरीलाई लिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.