|

काडमाडौं : टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीले बिहीबार शपथ ग्रहण गरेका छन्। उनले थारू भाषामा शपथग्रहण गरेका हुन्। सभाभुख कृष्णबहादुर महराले चौधरीलाई सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बिहीबार दिउँसो ३ बजे शपथ ग्रहण गराएका हुन्।

महराले सांसद चौधरीले शपथ ग्रहण गर्न बाँकी रहेको भन्दै उनलाई शपथ ग्रहण गराउन अनुरोध गरेका थिए। त्यसलगत्तै उनको शपथ ग्रहण सुरु भएको थियो। यसअघि सांसदको प्रमाणपत्रमा हस्ताक्षर गरेपछि सभामुख महराले सांसदको लोगो हस्तान्त्रण गरेका थिए। चौधरीको शपथ ग्रहणमा सभामुख महरा, उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे, सांसदहरू राजपा राजेन्द्र महतो, महन्त ठाकुर, अनिलकुमार झा, नेकपा सुवासचन्द्र नेम्वाङ, देव गुरूङलगायत संसद सचिवालयका पदाधिकारी उपस्थित रहेका थिए।

शपथ कार्यक्रम सकिएलगत्तै चौधरीलाई फूलमाला लगाएर पुन: डिल्ली बजार कारागार लगिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.