|

उदयपुर : प्रहरीचौकी बसाहा उदयपुर दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी जवान प्रकाश दाहालको उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी चन्द्रदेव राईका अनुसार पुस ७ गते ड्युटीमा रहेका दाहाल अचानक बिरामी भएछि उपचारको क्रममा मृत्यु भएको हो।

एसपी राईका अनुसार जिल्ला अस्पताल गाइघाटमा उपचारको लागी लगिएकोमा उपचार हुन नसकेपश्चात थप उपचारको लागि भोलिपल्ट धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। त्यहाँ समेत उपचार हुन नसके पश्चात विराटनगरको नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ‘अस्पतालले के कारणले मृत्यु भयो भने मलाई रिपाेर्ट दिएको छैन’ एसपी राईले भने,‘अचनाक रोग लागेर मृत्यु भएको हो।’

विराटनगरको पोखरीया परोपकार घाटमा शोक सलामीसहित मृतक दाहालको अन्त्येष्टि गरिएको समेत राईको भनाइ छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.