|

२००१ मा म अमेरिका पुगेको थिएँ। अमेरिकी सरकारको निम्तोमा। अमेरिकी संविधान निर्माणको अनुभव लिन हामी गएका थियौं। अलग अलग राज्यको भ्रमणमा लाने र सरकारी, गैरसरकारी व्यक्तित्व अथवा समुदायसँग अन्तरकृया गराउने कार्यक्रम थियो। त्यसै सन्दर्भमा हामी ओहायो राज्यमा पुगेका थियौं। त्यहाँ हामीले ‘लीग अफ वीमन भोटर्स’ का महिला नेतृहरुसँग छलफल गर्‍यौं। उनीहरुले, हाम्रा लागि अनौठो लाग्ने निष्कर्ष सुनाए, ‘अमेरिकामा निकट भविष्यमा महिला राष्ट्रपति हुन्छन् भन्ने हामीलाई लाग्दैन। कम्तीमा पचास वर्ष। चर्को भेदभाव छ अमेरिकामा। बाहिरबाट त्यो देखिँदैन। तर त्यो बलवान छ। हामीलाई हेर्ने आँखै फरक छ।' अमेरिकाको सबैभन्दा शक्तिशाली सङ्गठन ‘गनमेन्स एशोसिएसन’ हो। राष्ट्रपति जिताउने र हराउने एउटा शक्तिशाली लबी गर्ने सङ्गठन हो त्यो।’

पछिल्लो समय हुर्किंदै गएको ह्‌वाइट सुप्रिमेसी (गोरा अहङ्कार)। यो अहङ्कारलाई मैले सुरुमा अमेरिकामै, एकजना विद्धानको मुखबाट सुनेको थिएँ। उनको भनाइमा ‘सबैभन्दा ठूलो प्रजातन्त्र अमेरिकामा छ र यो प्रजातन्त्रको रक्षा गर्न सरकारले अमेरिका बाहिर जेजस्तो काम गरे पनि अमेरिकाबासीलाई चासो हुँदैन।' पछिल्लो समयमा यो अहङ्कार मैले बेलायतमा महसुस गरेको थिएँ। सुरुमा ट्रम्प चिताइनसक्नुको उदण्डता बोकेर आएका थिए। मानौँ अमेरिका भनेको आप्रवासीको देश होइन, त्यो फगत गोराहरुको देश हो अनि गोराहरु चाहिँ आप्रवासी होइनन्। 

मैले आफ्नो अमेरिकी बास, मातृभूमिको सम्झना’ शीर्षकको नियात्रा सङ्ग्रहमा अर्को एउटा सन्दर्भको पनि चर्चा गरेको थिएँ। एटलाण्टा राज्यमा भेटिएकी, हिन्दु माइथोलोजीमा पीएचडी गरेकी लेमोइन पियर्सले हामीलाई भनेकी थिइन्, ‘तिमीहरुको सभ्यता पाँच हजार वर्ष पुरानो छ। सर्वे भवन्तु सुखिना...  तिमीहरुको चेतना हो। अमेरिकी सभ्यता पाँच सय वर्ष पुरानो छ। यहाँ ‘गनमेन्स एशोसिएसन’ ले सबै निर्णयमा महत्वपूर्ण भूमिका निभाउँछ। त्यसैले तिमीहरुको क्षेत्रमा महिला प्रधानमन्त्री भैसक्दा पनि यताका महिलाहरु विभेदको शिकार भएर बाँचेका छन्। हामी त अहिले पनि अमेरिकामा महिला राष्ट्रपति बन्ने संभावना देख्न सक्दैनौँ। 
महिलालाई दोश्रो वा तेश्रो पदमा नियुक्ति दिनु एउटा कुरा हुन सक्छ, तर अमेरिकामा महिलाले निर्वाचित राष्ट्रपति हुन पाउने कुरो अलिक परै रहेछ भन्ने निष्कर्षमा २००१ मै पुगेको थिएँ म।

अर्को थियो गोराहरुमा, पछिल्लो समय हुर्किंदै गएको ह्‌वाइट सुप्रिमेसी (गोरा अहङ्कार)। यो अहङ्कारलाई मैले सुरुमा अमेरिकामै, एकजना विद्धानको मुखबाट सुनेको थिएँ। उनको भनाइमा ‘सबैभन्दा ठूलो प्रजातन्त्र अमेरिकामा छ र यो प्रजातन्त्रको रक्षा गर्न सरकारले अमेरिका बाहिर जेजस्तो काम गरे पनि अमेरिकाबासीलाई चासो हुँदैन।' पछिल्लो समयमा यो अहङ्कार मैले बेलायतमा महसुस गरेको थिएँ। सुरुमा ट्रम्प चिताइनसक्नुको उदण्डता बोकेर आएका थिए। मानौँ अमेरिका भनेको आप्रवासीको देश होइन, त्यो फगत गोराहरुको देश हो अनि गोराहरु चाहिँ आप्रवासी होइनन्। मेक्सिकोको सीमानामा बार लगाउने, मुसलमानलाई छिर्नै नदिने, कलर्ड (गोराबाहेक सबै रङका) अरु सबैलाई दोश्रो दर्जामा राख्नु पर्ने, चिनियाँ सामान बहिष्कार गर्ने जस्ता सुन्दैमा मान्छे डराउने भाषण गरेर उनले गोराहरुमा हुर्किंदै गएको ह्‌वाइट सुप्रिमेसीलाई मलजल गरिरहेका थिए ।

ट्रम्प र हिलारीका बीचमा टक्कर हुने संभावना देखेपछि अनि ट्रम्पको चर्को अहङ्कारको सार बुझेपछि फेसबुकमा मैले ‘अमेरिका र ट्रम्प उस्तै उस्तै रहेछन्, चुनाव त ट्रम्पले नै जित्छन्’ भनेर लेखेको थिएँ। त्यो कुनै भविष्यवाणि थिएन। लीग अफ वीमन भोटर्स निष्कर्ष लगायत विभिन्न विद्धानसँग भएको छलफललाई आधार बनाएको थिएँ मैले    ।  

तर अमेरिकी नेपालीहरुलाई मेरो फेसबुके टिप्पणीले चोट पुर्‍याएछ। केही रिसाए। धेरैले चित्त दुखाए। नेपालमा बसेको मैले किन धेरै जान्ने हुनु भनेर त्यो टिप्पणीलाई सदाको लागि हटाइदिएँ फेसबुके पानाबाट। परिणाम मैले भने जस्तै भयो भनेर मैले सम्झाउन खोजेको होइन। तर अमेरिकामा बस्ने, राजनीतिमा चासो राख्ने, यताका हामी नेपालीलाई अर्ति वुद्धि दिने नेपालीहरु पनि गहिराईमा गएर छलफल गर्दा रहेनछन् भन्ने बोध गराउन मैले माथिको सन्दर्भ उठाएको हुँ।

२००१ मा लेमोइन पियर्सले कुरा गर्दा उनले भारतकी इन्दिरा गान्धी र श्रीलङ्काकी सिरिमाओ वन्दरानयकेको नाम लिएकी थिइन्। बाङ्लादेशका दुई महिलाको नाम तिनले बिर्सिएकी थिइन् अथवा अतिरिक्त नाम थपिरहने आवश्यकता बोध गरिनन्, यो उनैले जान्ने कुरा हो। तर मुस्लिम महिलाहरु प्रधानमन्त्री हुने व्यवहार दक्षिण एशियामा मात्र संभव भयो। बेनजीर भुट्टो मुस्लिम गणतन्त्रको प्रधानमन्त्री भइन्। प्रतिभा पाटिल भारतको राष्ट्रपति भइन्। सोनिया गान्धी प्रधानमन्त्री बनाउने नेतृ भइन्। नेपालमा पनि विद्यादेवी भण्डारी राष्ट्रपति भइन्।

किन?

किनभने दक्षिण एशिया हिन्दुत्वको मूल थलो हो। म हिन्दुत्व र हिन्दु धर्मलाई फरक ठान्छु। हिन्दुत्व एउटा दर्शन हो। त्यसको विकारको रुपमा जन्मिएको हिन्दु धर्म एउटा ऐेंजेरु हो। हिन्दुत्वको ‘सर्वे भवन्तु सुखिनाः सर्वे सन्तु निरामय!’ कहाँ छ हिन्दु धर्ममा? हिन्दुत्वमा न जाति छ न जातिभेद छ। हिन्दुत्वमा द्वेष छैन, घृणा पनि छैन। तर सभ्यताको बाहक बनेर आएको हिन्दुत्वलाई अलपत्रे पण्डितहरुले धर्म बनाउने नकाम गरे। हिन्दुत्वबाट पतित भएको हिन्दु धर्म पनि अरु धर्मजस्तै द्वेष, घृणा र विकारको श्रोत बन्ने कुरा विलकूल स्वभाविक भयो। वर्तमानमा यो घृणा र झगडाको उत्कृष्ट उदाहरण अहिले भारतमा चलिरहेको भारतीय जनता पार्टीको हिन्दु धर्मको आधारमा चलिरहेको सरकार भएको छ।

पश्चिमका दार्शनिक, विद्धान र वुद्धिजीवीले मुक्तकण्ठले पूर्वीय दर्शनको प्रशंसा गरेका छन्। यो पूर्वीय दर्शन भनेको नै हिन्दुत्व हो। अणुबमका पिताले समेत आफ्नो ज्ञानको आधार पूर्वीय दर्शनलाई नै दिएका छन्। खगोल विज्ञानको श्रोत पनि यतैको हो। आयुर्वेद पनि हाम्रै हो। विश्वभरिका विद्धानले ज्ञानको श्रोत मानेको ऋग्वेदको सङकलन र सम्पादन पनि हाम्रै भूगोलमा भएको हो। पूर्वीय दर्शनमा गार्गी, घोषाजस्ता विदुषीहरुको सम्मान भएको छ। तर अमेरिकामा ‘फस्ट लेडी’ को परिचय जहिले पनि राष्ट्रपतिकी पत्नी मात्र भएको छ। फस्ट लेडी अफ अमेरिका भनेर अहिलेसम्म अमेरिकाले महिला राष्ट्रपति चिनाउन सकेको छैन ।

आफ्नो पाँच हजार वर्ष पुरानो सभ्यतालाई नचिन्ने अनि पाँच सय वर्ष पहिलेको रक्तरन्जित सभ्यताको हाई हाई गाउने नेपाली चेतनाले बुझोस् परिश्रम नगरी कहीं पनि खान पाइंदैन। अमेरिकामा जति परिश्रम गर्ने हो भने नेपालमा पनि भोकै मर्नु पर्दैन ।

जे होस् ट्रम्पले डी.भी. खारेज गरे अरे भन्ने कुरो सुनें। सबै नेपालीका लागि यो खुशीको समाचार बनोस्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • Hello sir Namaste, Sir Very Very Good Word,So I am Very Happy With You Sir So Thank You SO Much Sir,, Good Luck in Your Life, Narayan Bantawa Rai