|

डडेल्धुरा : डडेल्धुरा सदरमुकामस्थित बागबजारमा आगलागी हुँदा तीन पसल जलेका छन्। अमरगढी– ५ बागबजारमा बिहीबार राति १२ बजे आगलागी हुँदा तीनवटै पसल पूर्णरूपमा जलेको जिल्ला प्रहरीका कार्यालय डडेल्धुराले जनाएको छ।

आगलागीको कारण खुल्न नसके पनि मानसिक सन्तुलन गुमाएका व्यक्तिले आगो लगाएको हुनसक्ने डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए। पनेरु तरकारी पसल, स्काई फोटो स्टुडियो, नाम नखोलिएको नास्ता पसलमा आगलागी भएको हो। क्षतिको पूर्ण विवरण आएको छैन।

करिब एक घण्टापछि अमरगढी नगरपालिकको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना स्थानीयको सहयोगमा आगो नियन्त्रमा लिइएको थियो। बुधबार र एक साताअघि डडेल्धुराकै दुई वटा पसलमा आगलागी हुँदा करिब २७ लाख बराबरको क्षति भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.