|

काठमाडौं : थाहाखबरमा कार्यरत पत्रकार बुद्ध लोप्चन कानुन, न्याय तथा संसदीय ब्यवस्था मन्त्री अजयशंकर नायकको प्रेस संयोजकमा नियुक्त भएका छन्। कानुन मन्त्रीको प्रेस संयोजकमा नियुक्त भएसँगै उनको थाहाखबरबाट बिदाई गरिएको छ।

बिहीबार थाहाखबरको कार्यालयमा आयोजित कार्यक्रममा प्रधान सम्पादक तीर्थ कोइरालाले पत्रकार लोप्चनलाई बधाई दिँदै नयाँ जिम्मेवारीमा विवादरहित ढंगले काम गर्न शुभकामना दिएका छन्। 

पत्रकार लोप्चनले नयाँ जिम्मेवारी सबैको सल्लाह, सुझाव र सहयोगमा विवाद रहित ढंगले अगाडि बढाउने बताए। संविधान कार्यान्वयन र शान्ति प्रक्रियाको काम अघि बढाउन अहिले कानुन मन्त्रालयको धेरै काम रहेको भन्दै सञ्चार माध्यमहरुसँग निरन्तर सम्पर्कमा रहिरहने उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.