|

उदयपुरः जिल्लामै स्थानीय तहका सरकारले बेवास्था गर्दा पूर्ण सरसफाइका कार्यक्रम ओझेलमा परेको छ। नेपाल सरकारको सरसफाइसम्बी राष्ट्रिय गुरु योजना २०६८ अनुसार उदयपुर खुल्ला दिसामुक्त जिल्ला घोषणा भइसकेपछि सुरु भएको पूर्ण सरसफाई कार्यक्रम ओझेलमा परेको हो।

सरकारी तथा गैर सरकारी निकायको विशेष पहलमा खुल्ला दिशामुक्त (खुदिमु) अभियान सम्पन्न भएपछि लागु भएको पुर्ण सरसफाई कार्यक्रमलाई स्थानीय तहका सरकारले प्रथामिकतामा नराख्दा ओझेलमा परेका हो। ‘उदयपुरनै खुदिमु घोषणा पश्तचाप पुर्ण सरसफाई कार्यक्रम लागु भएको हल्ला सुनिएको थियो,’ कटारी ११ का राजन राउतले भने, ‘खुदिमुपछि पुर्ण सरसफाई कार्यक्रमलाई स्थानीय तहले आत्मासाथ नगर्दा छाँयामा परेको होला।’

पुरानो संरचना भत्काएपछि नयाँ संरचनामा निर्वाचित भएका जनप्रतिनिधिले आवश्यक बजेट विनियोजनमा ध्यान नदिँदा पुर्ण सरसरफाई कार्यक्रम आझोलमा परेको हो। त्रियुगा नगरपालिका १३ वडा सदस्य शिव रेग्मीले पुर्ण सरसफाईको लागि पैसा विनियोजन भएपनि काम नहुने गरेको बताए। ‘त्रियुगा नगरपालिकामा पनि पुर्ण सरसफाई कार्यक्रमको लागि बजेट विनियोजन भएपछि खासै काम भएको छैन,’ उनले भने, ‘हामी त वडा सदस्या कसरी काम हुन्छ, थाहा हुँदैन, बजेट चाँही विनियोजन हुने गरेको छ।’

ताप्ली गाँउपालिका प्रमुख उद्धसिंह थापाले पुर्ण सरसफाई कार्यक्रमले गति लिन नसकेको बताए। ‘खुल्ला दिशामुक्त कार्यक्रमपछि पुर्ण सरसफाई कार्यक्रम लागु भएको थियो,’ उनले भने, ‘जम्मा ५ वटा वडामा एक वटा वडामा मात्र पुर्ण सरसफाई घोषणा भएको छ, बाँकी वडामा काम भएका छन, बजेट विनियोजना गरिएको छ।’

स्थानीय तहले पुर्ण सरसफाईको लागि पाएको बजेटपनि विभिन्न प्रयोजनमा खर्च गर्ने परिपाटीले पुर्ण सरसफाई गति लिन नकसकेको जानकारहरुको भनाइ छ। जिल्ला गैर सरकारी महासंघ उदयपुरकी अध्यक्ष महेश्वर राईले खानेपानी तथा सरसफाई डिभिजन कार्यलयबाट हुँदा एकद्वार प्रणलीबाट बजेट विनियोजना हुँदा कार्यक्रम प्रभावकारी हुने गरेको बताईन। ‘पुर्ण सरसफाईको बजेट सिधै स्थानीय तहले पाउँदै आएका छन,’ उनले भनिन, ‘जिल्लाभरी एकद्वारा प्रणालीबाट हुँदा गैरसरकारी सँस्था, पत्रकार सवै अनुगमन गर्दै आएका थिए, अहिले स्थानीय तहले मात्र गर्न पाउन थालेपछि चर्चा कमै भएको होला जस्तो लाग्छ।’

सरकारी तथा गैर सरकारी निकायको लगानीमा ०६९ सुरु गरेर ०७३ माघ १३ गते खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएपनि स्थानीयका लागि गहिरा खोल्सा, नदीका किनार नै शौचालय बनिरहेको छ।  जनचेतनाको अभावमा स्थानीय सर्वसाधरणका बनाइएको शौचालय अहिले प्रयोग बिहिन भएका छन्। दाउरा राख्ने, बाख्रा पाल्ने अनि अन्नपातका भकारीका रुपमा शौचालय प्रगोग भएका छन्। विद्यालय, धार्मिक स्थल तथा सार्वजानिक स्थलमा बनाइएको शौचालय पानीको अभावमा प्रयोग बिहीन भएका छन्। उदयपुरमा जम्मा ६७ हजार ५ सय ४४ घरधुरीमध्ये ६० प्रतिशतले शौचालय प्रयोग गर्ने गरेको सरकारी तथ्यङक छ।

पहाडी क्षेत्रको झन्डै १५ गाविसमा अहिले पनि प्रत्येक घर र विद्यालयमा चर्पी निर्माण गरेको भएपनि ४० प्रतिशत पनि चर्पी प्रयोगमा आउन सकेको छैन। धेरै विद्यालयमा चर्पी बनेपनि पानीको अभाव भएको र अन्य गाउँघरमा चर्पीमा बाख्रा, खसी तथा कुखुरा राख्ने देखिन्छन। त्यही खुल्ला दिशामुक्त अभियानलाई पुर्ण सरसफाई कार्यक्रम गरेर स्थानीय तहले प्रभावकारी बनाउनु पर्ने वेला वेवास्था गरेको जनकारहरुको अरोप छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.