|

कालिकोट : जिल्लाको शुभकालिका गाउँपालिका ४ कार्यपालिका सदस्य हिरे सुनारले आफ्नो पाउने दुई महिनाको पारिश्रमिकबाट स्वास्थ्यचौकी राराकाटियालाई सोलार दिएका छन्। रातको समयमा गर्न समस्या भएका कारणले स्वास्थ्यचौकी ८० वाट सोलार स्वास्थ्य चौकीलाई दिएका हुन्।

प्रसूति गराउन आउने महिला, बृद्धबृद्धा, बालवालिका लगायतलाई रातीको समयमा उपचार गराउन आउँदा टर्च बालेर उपचार गर्नुपर्ने बाध्यता भएको स्वास्थ्यचौकीलाई सोलार सुनारले सोलार दिएका हुन्। 

रातको समयमा कोही उपचार गर्न आउँदा टर्च बालेर उपचार गराउँदै आएको स्वास्थ्यचौकी प्रमुख जयकृष्ण आचार्यले बताए। ‘रातको समयमा उपचार गर्न आउने बिरामीलाई टर्च बालेर उपचार गर्नुपर्ने बाध्यता थियो।’ उनले भने, ‘त्यसलाई हटाउन सोलार पाएका छौं।

’स्वास्थ्यचौकीको समस्या देखेर आफूले दुई महिनाको पाउने पारिश्रमिकबाट स्वास्थ्य चौकीलाई सोलार दिएको गाउँ कार्यपालिकाका सदस्य सुनारले बताए। ‘स्वास्थ्य चौकीमा उज्यालो नहुँदा धेरै समस्या थियो।’ उनले भने, ‘टर्च बालेर उपचार गर्नुपर्ने बाध्यता हटाउन सोलार दिएको हुँ।’


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.