|

जनकपुरधाम : किसानले विघौं विघामा लगाएको उखु समयमै कटान हुन नसक्दा खेतमै सुक्न थालेको छ। प्रत्येक वर्ष मंसिर महिनाको दोस्राे सातामा संलग्नन हुने मिल यस वर्ष पुस महिना वित्न लाग्दा समेत सञ्चालन नहुँदा खेतमै उखु सुकेर खेर जान थालेको हो।

प्रदेश २ मा रहेको ८ वटा चिनिमिल मध्ये हालसम्म एउटाले पनि उखु क्रसिङ सिजन सुरु गर्न तरखर नदेखाएपछि खेतमै उखु सुकेर जाने त होइन, भन्ने पिरले महोत्तरीसहित प्रदेश २ का उखु किसान चिन्तित भएका छन्। मंसिरपुसमै महिनामै काटान गर्नेुपर्ने उखु हाल सम्म कटान हुन नसक्दा खेतमै सुक्न थालेपछि उनीहरु चिन्तत भएका हुन्।

उखु मिलले समयमै उखुको पैसा नदिने र बेलैमा उखु नकिन्ने समस्याले गर्दा प्रत्येक वर्ष आफुहरुले दोहोरो घाटा व्यहोर्नु परेको महोत्तरी गौशाला नगरपालिका १ का किसान हरिश्चन्द्र महतोले बताए। उनले भने, ‘पुस महिना बित्नै लाग्दा समेत चिनी मिलले कृषकलाई उखु काट्ने कुनै सुरसार नगरेका कारण उखु खेतमै सुक्ने त होईन् भन्ने डर छ।’

सिँचाइ अभावका कारण आफूहरु उखु लगाउन बाध्य भएकोमा आफूहरूबाट मिलले बाध्यकारी स्थितिमा फाइदा उठाउँदै आएको उनको आरोप छ। जति समय बित्यो, त्यति उखु हलुंगाे हुने भएकाले चिनी मिलले ढिलो गरिरहेको उखु कृषक राजकिशोर सिंहको भनाइ छ। उखु किसान सिंहले कृषकले चाहेको समयमा उखु काट्न र बेच्न नसक्ने स्थिति आउँदा कृषि पेशा नै अब गाह्रो लाग्न थालेको बताए। उनले चिनी मिलले जहिले चाहे उखु काट्ने पूर्जी दियो, त्यही दिन काट्नुपर्ने र उखुको पैसा लिन वर्षौ कुर्नु पर्ने कृषकहरुको बाध्यतालाई हेपाईको रुपमा सरकार र मिलले लिएको उनको आरोप छ। उनले भने, ‘उखु कृषकमाथि चिनी मिलले चरम शोषण गर्दै आएको छ। यस वर्षपनि मिल नचल्दा उखु खेतमै सुकेर जान थालेको छ। र सरकार चिनी मिलको संरक्षकको रुपमा उभिएर किसानलाई मार्नै लागेको छ।’

अहिले उखु क्रसिङ गर्ने उत्तम समय भनेको मंसिर दोस्राे साता हो। यो समय वितेको झण्डै महिना दिन भन्दा समय वित्न लाग्यो। तर पनि उखु मिल संचालनमा नआउँदा उखु किसानहरू अन्याेलमा परेको उखु उत्पादक संघ महोत्तरी रामनगरका अध्यक्ष नरेश सिंह बताउँछन्। साहु महाजन कहाँबाट चर्काे व्याजदरमा ऋण लिएर गरेको उखु खेती अहिले खेत मै सुकिरहदाँ किसानलाई ऋणको ब्याज र घर व्यवहार समेत मिलाउन समस्या भएको उनको गुनासो छ। 

विगतमा मंसिर मै उखु मिलहरू संचालनमा आइ उखु क्रसिङ गर्ने गर्दथे तर अहिलेसम्म उखु मिल संचालनमा नल्याउँदा किसानहरू अन्याेलमा परि ठूलो मर्कामा परेका छन्। सरकारले समयमै उखुको उचित मूल्य निर्धारण गर्न र उखु मिललाई तत्काल संचालनमा ल्याउन पहल गरिदिन उखु उत्पादक कृषक रामनगरका अध्यक्ष सिंहको सरकार माग छ।

एका तर्फ सरकारले अहिलेसम्म उखुको उचित मूल्य निर्धारण नगर्नु अर्काे तर्फ चिनी मिलका संचालकहरू आलटाल गर्दै अहिलेसम्म मिल संचालन नगर्नुले मिल चल्ला कि नचल्ला भनि किसानहरू अन्याेलमा परेका छन्। मिल समयमै संचालनमा नआउँदा किसानहरू गहुँ, मसुरो, केराउ र तोरी खेती सिजन सकेर सो खेतीबाट वन्चित त भए नै यता खेतमै उखु सुकेर किसानलाई थप घाटा भइरहेको झण्डै ४० विघामा उखु खेती गरेका गौशाला नगरपालिकाका अर्का किसान महाशंकर थिङले दुःखेसो पोखे। 

यता सरकारले किसानहरूलाई दिएको अनुदान रकम प्रति क्विन्टल ६५.२८ रुपैयाँ झन्झटिलो प्रक्रियाका कारण किसानले सो अनुदानको रकम पाउन सकेका छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.