|

धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिकामा पूर्वमै पहिलो पटक गोरु जुधाइ प्रतियोगिता हुने भएको छ। स्थानीय युवाको आयोजनामा आगामी माघ १ गते पाख्रिवास नगरपालिकाको मुगामा गोरु जुधाइ प्रतियोगिता हुने भएको हो।

प्रतियोगितामा सहभागी गराइने गोरुको बिमा गरिसकिएको आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी गोरुको मृत्यु भएमा क्षतिपूर्ति दिन बिमा गरिएको हो। यस वर्षबाट हरेक वर्ष प्रतियोगिता सञ्चालन गर्ने योजना रहेको स्थानीय नवीन बराइलीले बताए। गोरुको सिङ मात्रै भाँचिएमा पनि क्षतिपूर्ति दिने आयोजकको भनाइ छ।

हरेक वर्ष लाग्ने माघी मेलाको अवसर पारेर प्रतियोगिता आयोजना हुने भएको हो। गोरु जुधाइ प्रतियोगिताको तयारी पूरा भइसकेको छ। मेला र प्रतियोगिता सञ्चालन गर्न तत्कालीन मुगा गाविस वडा नं. १ का वडाध्यक्ष गोपाल विश्वकर्माको अध्यक्षतामा माघी मेला आयोजक समितिसमेत गठन गरिएको बताइएको छ।

मेला र प्रतियोगिता सम्पन्न गर्न पाख्रिवास नगरपालिकाले ४० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ भने स्थानीय युवाले ३० हजार रुपैयाँ आर्थिक संकलन गरेको बताइएको छ। प्रतियोगितामा प्रथम हुने गोरुले १५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.