समाज

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ
SHARES

पुस २०, २०७५

    लहान : सप्तरी प्रहरीले कर्तव्य ज्यानका फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ।

    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका २ का ४० वर्षीय शैलेन्द्र मुखियालाई खोजतलासको क्रममा पक्राउ गरी शुक्रबार सप्तरी जिल्ला अदालतमा पेश गरिएको हो। सप्तरी प्रहरीका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक भावेश रिमालले मुखियालाई शुक्रबार अदालतमा उपस्थित गराई म्याद थप गरेपछि अनुसन्धान भइरहेको जानकारी दिए। 

    मुखियाले पछिल्लो मंसिर २९ गते साँझ तिलाठी कोइलाडी १ का २७ वर्षीय पर्शुराम मिश्रलाई आफ्नै गाउँको तेलिया पोखरीनजिक कुटपिट गरेका थिए। कुटपिटपछि गम्भीर घाइते भएका मिश्रको उपचारको क्रममा मृत्यु भएपछि मुखिया फरार रहँदै आएका थिए। 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]