|

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका ६ मौरीफाँटाका २३ वर्षीय दीपक बादीको शुक्रबार मोहना नदीमा डुबेर मृत्यु भएको छ। नदीको मध्यभागमा बादीलाई डुबेको देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका हुन्।

तत्कालै इलाका प्रहरी कार्यालय कृष्णपुर गुलरीयाबाट गएको प्रहरीको टोलीले बादीको शव नदीबाट निकालेको थियो। 'बादी मृगि रोगको विरामी रहेका थिए', स्थानीयलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायव निरीक्षक भरत धामीले भने, ‘नदीको मध्य भागमा पुगेर ढलेपछि डुबेर मृत्यु भएको अनुमान गरेका छौँ। प्रारम्भिका अनुसन्धानमा अन्य कुनै कारणले मृत्यु भएको देखिदैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.