|

दैलेख : दैलेखको नारायण नगरपालिका १ का वडा सदस्यको रहर लाग्दो कुखुरा फर्ममा उत्पादन भएका कुखुरा हेर्न अहिले जनप्रतिनिधि र अन्य कृषकको घुइँचो लाग्ने गरेको छ। स्थानीय फर्ममा कुखुरा उत्पादन भएपछि सुर्खेत र नेपालगंजबाट ल्याएका कुखुरामा आत्मनिर्भर हुनुपर्ने समस्या पनि समाधान भएको छ नारायण नगरपालिका अहिले कुखुरामा आत्मनिर्भर भएको वडा १ निर्वाचित वडा सदस्य रमेश केसी बताउँछन्। 

बाहिरबाट भन्दा स्थानीय फर्मबाटै सस्तोमा कुखुरा बिक्री बितरण सुरु भएको छ। दशहजार कुखुरा एक महिनामा उत्पादन हुने क्षमताको पोल्टी फर्म निर्माण भएपछि अरुले समेत देखासिकी सुरु गरेका छन्। लगातार भारत गएर मजदुरी गर्नुपर्ने स्थानीय तीन पुरुष भारत जान छोडेर घरनजिकैको यो फर्ममा रोजगारी पाएका छन्। 

नाफा भन्दा पनि अन्य युवाले सिको गरेर स्थानीय स्तरमा रोजगारी होस् भन्ने उद्देश्यले फर्म संचालन गरेको वडा सदस्य केसीले बताए। फर्ममा अहिले पचास लाखको लगानी गरिएको छ। जिल्लामा कुखुरापालनका लागि धेरै किसानहरू हौसिने तर व्यवस्थापनमा कमजोरी गर्ने र काममा जागर नलगाउने किसानलाई फर्म हेर्न आएको बेला सुझाव समेत दिने गरिएको रमेश केसी बताउँछन्। प्राविधिक रुपमा ज्ञान भएकै कारण केसीको फर्ममा कुखुरामा सामान्य समस्या भयो भने फर्मका कर्मचारीले जानकारी गारउँछन् उनी आफै फर्ममा पुगेर उपचार गर्ने गर्दछन्। 

नारायण नगरपालिका मात्र नभै दैलेखका हरेक स्थानीय तहमा रहेका युवालाई टुक्रे लगानी भन्दा ठोस लगानी गर्न सके जिल्लाको आर्थिक समृद्धिमा टेवा पुग्ने केसीको भनाई छ। सरकारले कृषिमा धेरै अनुदान दिएको छ। तर अनुदानका लागि मात्रै फर्म गर्ने कृषकका कारण समस्या भएको छ। अव स्थानीय सरकारका प्रमुखहरुले कुखुरा, खसी, बाख्रा, बंगुर पालनका लागि फर्मकै रुपमा ठूला उद्योगको स्थापनामा पहल गर्नुपर्ने उनको सुझाव छ।

बिगत छ महिना पहिलेदेखि फर्मको लागि आवस्यक पर्ने पूर्वाधार निर्माण पछि यो फर्ममा कुखुरा उत्पादन सुरु भएको हो तीनवटा पोल्टी फर्म निर्माण गरिएको छ। कुखुरा बच्चा हुर्काउने छुट्टै स्थान छ, २८ दिनसम्म कुखुराको चल्ला हुर्काउन निकै समस्या हुने र २८ दिन पार गरिसकेपछि धेरै समस्या नहुने अनुभव केसीको छ। लगानी अनुसार कहिलेकाहिँ सवै कुखुरा मर्न सक्ने खतरा पनि हुने गर्दछ तर आधा कुखुरा मरे पनि यो व्यवसायमा घाटा नहुने उनले बताए। 

चारहजार चल्लाबाट सुरु गरेको उक्त फर्ममा बिक्री गर्न लायक कुखुराहरू उत्पादन भइसकेका छन्। दश क्विन्टल कुखुरा बिक्री गरिसकेको केसीले बताए। कुखुरालाई नियमित दाना, औषधि र रेखदेख राम्रो गर्न सके दुई महिनामै लाखौं आम्दानी लिन सकिने यस्ता व्यवसायमा युवाको आकर्षण बढ्न सके स्थानीय स्तरमै रोजगारी हुने देखिन्छ। केसीले अहिले ज्वाला पशुपंक्षी तथा एकीकृत कृषि फर्म पनि दर्ता गरेका छन्। घरमा आमा बुवाले समेत फर्ममा रेखदेख गर्ने गरेका कारण आफूलाई सामाजिक काममा समेत सहज भएको केसीले बताए। 

रमेसका बुवा कुवेर केसी लामो समयदेखि शिक्षक पेशामा छन् अहिले पनि शिक्षक पेशा सकेर घर आएपछि फर्मको रेखदेख गर्ने गर्दछन्। खाली समयको सदुपयोग समेत भएको छ। छोराको फर्म पनि हेर्छु अनुभव पनि भएको छ। केसी आफैँले पनि १५० वटा लेयर्स जातको कुखुरा पालेका छन् दैनिक १०० बढी अण्डा उत्पादनसँगै कुखुरा बिक्री गरेर राम्रो आम्दानी भएको उनी बताउँछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.