|

डोटी : स्थानीय सरकारका रुपमा रहेका स्थानीय तहले छिमेकी स्थानीय तहसँग अनुभव साट्न थालेका छन् डोटीको सायल गाउँपालिका र बझाङको थलारा गाउँपालिकाले डेढ बर्षसम्म आफूले राम्रा काम तथा चुनौतीकाको एक अर्का गाउँपालिकाका बीचमा अनुभव आदानप्रदान गरेका छन्

एक गाउँपालिकाले गरेका राम्रा कामको अभ्यासलाई  अर्को गाउँपालिकामा पनि लागू गर्नका लागि पनि दुवै गाउँपालिकाका बीचमा अनुभव आदानप्रदान कार्यक्रमको आयोजना गरेको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए अध्यक्ष डम्रेलले भने, ‘हामी डोटी र बझाङको बीच सिमानामा छौँ त्यसैले दुवैका अनुभव एक अर्काका लागि काम लाग्ने हुन्छन् हामी पक्षका लागि यो कार्यक्रम प्रभावकारी भएको छ, हामीले थलारा गाउँपालिकाबाट सिक्नुपर्ने कुरा धेरै छन् भन्ने हामीलाई लागेको छ

स्थानीय तहले अनुभव तथा ऐन अभावका कारण धेरै काम गर्न नसकिएको बताइएका बेला सायल र थलारा गाउँपालिकाले एक अर्काको कुरा सिक्नका लागि अनुभव साट्ने कार्यक्रमको आयोजना गरेका हुन् सायल गाउँपालिकाले गरेका राम्रा आफ्ना लागि सिकाइरहेको र अर्को योजनाभित्र पारेर लैजाने थलारा गाउँपालिकाका अध्यक्ष भुबनेश्वर उपाध्यायले बताए अध्यक्ष उपाध्यायले भने, ‘हाम्रा लागl स्थानीय तह नौलो अभ्यास हो, त्यसैले पनि हामीले एक अर्कोले गरेका राम्रा कामबाट सिक्ने हो

थलारा गाउँपालिका र सायल गाउँपालिकाको बिचमा पर्ने मालिका गुरौँसेलेकमा थलारा गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा दुबै गाउँपालिकाका प्रबक्ता तथा गाउँपालिका अध्यक्षले आफूले गरेका राम्रा काम तथा केही चुनौती सहितका अनुभव सुनाएको थलारा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत संजिब न्यौपानेले बताए। दुबै गाउँपालिका बीचमा रहेको सीमा विवाद समाधानका लागि जिल्ला नापीबाट टोली ल्याएर नाप नक्सा गर्ने सहमति पनि भएका छन्

सायलको नजरमा थलारा

बझाङको थलारा गाउँपालिकाले गरेका धेरै काम आफ्ना लागि सिकाइको रूपमा रहेको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए अध्यक्ष डुम्रेलले भने ‘मलाई थलाराले होजियारी सुरु गरेर रोजरगार दिएको र अर्को कुरा खादाहरु आफ्नै उत्पादन रहेछ’ उनले थपे ‘ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य चेकजाँच गर्ने, नर्सरी आफ्नै बनाएका छन्, कृषिमा आत्मनिर्भर हुनेगरी कार्यक्रम गरेका रहेछन् अन्य पनि धेरै राम्रा काम भएका रहेछन्’ बझाङको थलारा गाउँपालिकाले गरेका राम्रा काम अर्को वर्ष सायलमा पनि प्रारम्भ गर्ने सोच रहेको अध्यक्ष डुम्रेलले बताए

थलाराको  नजरमा सायल गाउँपालिका

दुवै गाउँपालिकाको अनुभव आदानप्रदान एक राम्रो सिकाइ रहेको थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए अध्यक्ष उपाध्यायले भने, ‘सायल गाउँपालिकाले टुहुरा बालबालिकालाई गाउँपालिकाले पढाउने काम राम्रो लाग्यो, शिक्षाको सुधारका लागि विद्यार्थी अनुसारको शिक्षकको व्‍यवस्था, सुत्केरी महिलाका लागि पोषण भत्ताको व्‍यवस्था राम्रा काम लाग्यो’ अध्यक्ष उपाध्यायले थपे, ‘अर्गानिक आलु तथा बिउ उत्पादन गर्ने र पोखरी निर्माण गर्ने जस्ता कामहरु हाम्रा लागि पनि सिकाइ रूपमा रहे

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.