|

पर्सा  : नेपाल पत्रकार महासंघ पर्साको संस्थापक महिला सदस्य स्व. विन्दु पाण्डे स्मृति पत्रकारिता पुरस्कार प्रतिष्ठानको नयाँ कार्य समिति पत्रकार तुलसी भण्डारी नेतृत्वमा निर्विरोध निर्वाचित भएका छन्। प्रतिष्ठानको शनिबार वीरगन्जमा भएको प्रथम साधारण सभाको बन्द शत्रले भण्डारीको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो।

प्रतिष्ठानको १३ सदस्य नयाँ कार्य समितिको वरिष्ठ उपाध्यक्षमा महिला पत्रकार कविता खड्का, उपाध्यक्षमा लक्ष्मी खरेल, महासचिवमा माधुरी महतो, सचिवमा विमला गुप्ता र कोषाध्यक्षमा प्रेमचन्द्र सर्राफ निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी सदस्यहरूमा गीता भण्डारी, निलम पन्त, एनि कुँवर, उर्मिला सापकोटा, सन्ध्या पौडेललगायत रहेको निर्वाचन समितिले जनाएको हो।

बन्द शत्र सुरु हुनु पूर्व भएको उद्घाटन सन्त्रमा नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले सम्बोधन गर्दै पर्सामा कार्यरत पत्रकार महिलाहरूको क्षमता वृद्धि र निरन्तरताका लागि स्व. पत्रकार पाण्डेको स्मृतिमा पुरस्कार नै स्थापना गरी अगाडि बढ्ने जमर्को उदाहरणीय भएको बताए। अग्रज पत्रकारहरूको सम्मानमा प्रतिष्ठानले चालेको कदम सह्रानीय रहेको भन्दै महासंघले गर्नुपर्ने काम प्रतिष्ठानले अगुवाइ गरेर विगतका पत्रकारहरूको योगदानलाई उजागर गरेको उनले तर्क गरे।

पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पत्रकारहरूलाई अझ सशक्त बनाई मूल धारमा ल्याउन अगुवाई गर्ने प्रतिष्ठानको उद्देश्य स्मरण गर्न लायक रहेको बताए। इन्टरनेशनल सोसाइटी अफ ह्विक्ली न्यूज पेपरको नेपाल च्याप्टर अध्यक्ष कविर राणाले वीरगन्जका पत्रकार महिलाहरू पछिल्लो समयमा विभिन्न संचार माध्यममा आइरहेको समयमा महिलाहरूलाई अझ पेशामा शसक्त हुन गरिने यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान गर्ने औलाए।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, रेडक्रश सोसाइटी पर्सा अध्यक्ष मधु राणा लगायतले पत्रकार महासंघ पर्साले गर्नुपर्ने काम प्रतिष्ठानले गरेर बाटो देखाएको चर्चा गरेका थिए। प्रतिष्ठानको उद्घाटन सत्र तदर्थ समितिका अध्यक्ष विजय प्रकाश विनको अध्यक्षतामा भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.