|

डडेल्धुरा : सामाजिक अभियान्ता तथा हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले फजुल खर्च गर्नुभन्दा बीमा गर्न आग्रह गरेका छन्। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय डडेल्धुराले शनिबार जिल्ला सदरमुकाम बस पार्कमा आयोजना गरेको बीमा जागरण कार्यक्रममा उनीहरूले सो आग्रह गरेका हुन्।

कार्यक्रममा सहभागी हुन पहिलो पटक डडेल्धुरा आएका धुर्मुसले भने, ‘रक्सी–जाँड, चुरोट खाने पैसाले अब बीमा गर्नुहोस् र आफ्नो परिवार खुशी बनाउनुहोस्।’ जाँड रक्सी बिँडी–चुरोटमा खर्च गर्ने पैसाले बीमा गरेर खुशी बन्न सकिने उनको भनाइ थियो।

अहिले आवश्यक भन्दापनि अनावश्यक ठाउँमा खर्च गर्ने परिपाटीको विकास भएकाले मदिरा, चुरोट, खैनि जस्तो क्षेत्रमा अनावश्यक खर्च गर्नुभन्दा पनि जीवनलाई सुरक्षा दिने क्षेत्रमा लगानी गर्न सुझाव दिए। सुदूरपश्चिममा अहिले पनि बालविवाह, छाउपडि कुप्रथा जस्ता सामाजिक कुरिति रहेकाले उल्लेख गर्दै धुर्मुसले यस्ता कुसंस्सकारकाविरूद डटेर लाग्न यहाँका नागरिकलाई आग्रह समेत गरेका छन्।

जीवन बीमाले स्वयम् व्यक्ति र पछिका सन्ततिलाई फाइदा पुग्ने भएकाले जीवन बीमालाई अझै प्रभावकारी बनाउनुपर्नेमा कलाकारद्धय धुर्मुस–सुन्तलीको जोड थियो। बीमा गर्नेहरूको भविष्य सुनौलो हुने भएकाले यसतर्फ ध्यान दिन उनीहरुको अनुरोध छ।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.