|

गुल्मी : रेसुंगा नगरपालिका २ का ३४ वर्षीय युवा सन्तोष पन्थीले पढाइ सकेर प्रमाण पत्रलाई दराजमा राखी अहिले तम्घास बजारमा सरर अटो रिक्सा चलाएका छन्। ९ वर्ष अघि समाजशास्त्रबाट स्नातकोत्तर तहकाे प्रमाणपत्र लिइसकेका पन्थीले काठमाडाैंको एनएम कलेजमा पार्ट टाईम पढाउने गर्थे।  एक पिरीयणको जम्मा २५० रुपैँया मात्र पाउने भएपछि उनलाई त्यसले खर्च चलाउन समस्या पर्‍यो। पन्थी  घर फर्किए।

साथीहरूसँग मिलेर करिव ७ वर्षसम्म तम्घास लाँकुरीमञ्मा मझेरी रेष्टुरेन्ट एण्ड फास्टफुट सेन्टर सञ्चालन गरे। स्थानीय तहको गठनपछि सदरमुकामका अन्य होटल, रेष्टुरेन्ट बढेपछि उनको रेष्टुरेन्ट पनि चलाउन धौ धौ भयो। उनले आफूले  हाेटल चलाएकाे त्यस टहरालाई भत्काएर केही समानहरु बेचे। पन्थीले केही महिना खाली बस्नु पर्‍यो। त्यसपछि उनले सदरमुकाम तम्घासमा अटोरिक्सा किनेर चलाउँन थाले। तम्घास बजार सेरोफोरोमा केन्द्रीत सवारी साधनकोे अभाव थियाे।  उनले त्यो अभाव पूरा गर्न अटोरिक्सा किनेर आफै चलाउने निधो गरेका हुन्।

'मैले बुटवल पुगेर ५ लाख मूल्यमा अटोरिक्सा किनेँ। केही दिनसम्म सिकेँ। त्यसपछि एकछिन खाली नबसी रिक्सा चलाउन थालेँ' पन्थीले भने, 'अहिले तेल खर्च कटाएर पनि महिनाको ५० हजार चोखो बचाइरहेकाे छु। म अटो रिक्सा संचालनबाट सन्तुष्ट छु।' उनले स्कुले जीवनदेखि नै सरकारी जागिर खाने सपना साँचेको स्मरण पनि गरे। तर कतै नमिलेपछि स्नातकोत्तरको प्रमाणपत्र दराजमा थन्काएर स्वरोजगारीतर्फ लागेको उनको भनाई छ। उनका अनुसार हामी नेपालीहरुआफ्नो गाउँ-ठाउँमा काम गर्न लजाउने बाहिर गए जति समान्य काम पनि गर्न तयार हुने भएका कारण बेरोजगारी बढेको  हो। पन्थीले भने, 'काम गर्न लजाउनु हुँदैन। श्रमको सम्मान गरौ। त्यसो गर्न सके कोही पनि बेरोजगार बस्नु पर्दैन।' 

उनी मात्र होइन गत डेढ महिनाको अन्तरालमा ९ वटा अटोरिक्सा तम्घासमा चल्न थालेका छन्। ती मध्ये रेसुंगा नगरपालिकामा ७ वटा दर्ता भएका छन्। पन्थी जस्तै दयासागर पन्थी पनि स्नातक उतीर्ण युवा हुन्। उनले पनि स्वरोजगारीको गतिले माध्यम त्यही अटोरिक्सा रोजेका छन्। पन्थी पनि काम गर्न लजाउन नहुने धारणा राख्दै जे पाइन्छ त्यही कामबाट सुरु गर्न सके विस्तारै अवसरहरूले आफै पछ्याउने बताउँछन्। बिदेश जाने खर्च अटोरिक्सामा लगाउन सके कम्तीमा महिनामा ५० हजार स्वदेश मै बसेर कमाउन सकिने यिनै युवाकै उदाहरण बन्दै आएको छ।

अटो रिक्सामा टल्किने स्टिकर

जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले दुर्घटना न्यूनीकरण गर्नका लागि तम्घासमा संचालित अटो रिक्सामा स्टिकर लगाएको छ। रातको समयमा पनि अटो रिक्सामा अन्य चालकले पछाडि सहजै देख्न सकुन् भन्ने उद्देश्यले टल्कने स्टिकरण लगाइएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख पृथ्बीनारायण काफलेले जानकारी दिए। अटो चालकलाई रातको समयमा टल्कने स्टिकर र ट्राफिक नियमको बारेमा समेत जानकारी गराइएको काफ्लेले दाबी गरे।

काफ्लेका अनुसार अटो रिक्सा तीब्र गतिमा नचलाउन, क्षमता भन्दा बढी यात्रुहरू नराख्न, जथाभावी ठूला सवारी साधनसँग ओभरटेक नगर्न आग्रह समेत गरेको छ।अटो रिक्सामा स्टिकर टास्नाले रातको समयमा स्टिकर टल्किने हुँदा रातको समयमा ट्रयाक्टरहरू अधिक मात्रामा चल्ने भएकाले स्टिकर टल्कँदा दुर्घटना कम हुने कार्यालयले दाबी गरेको छ। गुल्मीमा सवारी दुर्घटना कम गर्नका लागि ट्राफिक प्रहरी कार्यालयले अभियान नै संचालन गर्ने गरी कार्ययोजना बनाएको काफ्लेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.