राजनीति

आजै होला दीपक मनाङेको सपथ ?
SHARES

पुस २२, २०७५

    पोखरा : गण्डकी प्रदेशसभाका लागि मनाङ (ख) बाट विजनी दीपक मनाङे भनिने राजीव गुरुङलाई सपथ गराउने वा नगराउने भन्ने विषयमा आइतबार दिउँसो २ बजे सांसद कार्य व्यवस्था परामर्श समितिले छलफल गर्दैछ।

    कैलालीको टीकापुर घटनाका मुख्य आरोपित रेशम चौधरीलाई केही दिनअघि मात्रै प्रतिनिधसभा सदस्यको सपथ खुवाएपछि ज्यान मुद्दामा दोषी ठहरिएका मनाङेले पनि सपथ ग्रहण गराउने वा नगराउने भन्ने चर्चा सुरु भएको छ। स्वतन्त्र उमेद्वार बनेर विजयी भएका उनलाई सपथ खानै नपाइ पक्राउ गरी जेल चलान गरिएको थियो। यद्यपि, उनी अघिल्लो साता थुनामुक्त भए। थुना मुक्त भएका मनाङले गण्डकी प्रदेशसभामा सपथ खान पाउँ भनी निवेदन दर्ता गराएका थिए।

    रेशम चौधरीले प्रतिनिधिसभा सांसदका रुपमा जेलबाटै लगेर सपथ सपथ खुवाएर फेरि जेलमै लगेपछि मनाङेले सपथ खान पाउने सम्भावना पनि उत्तिकै देखिएको छ।  

    के छलफल हुन्छ आजको बैठकमा ? 

    मनाङेको सपथ हुने वा नहुने विषयमा संसद कार्य व्यवस्था परामर्श समितिको बैठक ताकेको समितिका संयोजक मायानाथ अधिकारीले जानकारी दिए। ‘सभामुख ज्यूले यस विषयमा छलफल गर्न आज परामर्श समितिको बैठक डाक्नु भएको छ,’ अधिकारीले भने, ‘बैठकमा केही छलफल होला त्यसैको आधारमा सभामुखले निर्णय लिनुहुन्छ होला। यसबारे पूर्ण अधिकार भने सभामुख ज्यूलाई नै छ। हामीले परामर्श र सुझाव मात्र दिने हो।’ सभामुख नेत्रनाथ अधिकारीले अधिकारीको भने मोबाइल स्वीच अफ गरिएको छ। 

    मनाङे पोखरा आउँदै 

    अघिल्लो साता प्रदेशसभा सचिवालयमा सपथ खान पाउँ भनि निवेदन दर्ता गरी काठमाडौँ फर्केका मनाङे आइतबार पोखरा आउने तयारीमा रहेको उनी निकट स्रोतले बतायो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]