|

तनहुँ : व्यास नगरपालिका–४, सिमलटारमा रहेको बेथेल मल्टिप्रोपोज इन्जिनियरिङ कपडा उद्योगमा आगलागी भएको छ। उद्योगमा आइतबार बिहान आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागी दमकल, नेपाली सेना, प्रहरी, स्थानीयवासीलगायतको सहयोगमा नियन्त्रणमा आएको साढे ९ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले जानकारी दिए।

उद्योगमा वल्डिङ गर्ने क्रममा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ। आगलागी करिब २२ लाख रुपैयाँ क्षति भएको अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.