|

रौतहट : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भुकम्पपीडितलाई एकमुष्ठ ३ लाख रुपियाँ दिने दावी गरेका छन् । रौतहटमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भूकम्प लगत्तै आफ्नो पार्टीले भुकम्पपीडितलाई ५ लाख दिन माग गर्दै स्मरण गर्दै एकमुष्ठ ३ लाख दिने दावी गरेका हुन्।

‘भुकम्पपीडितलाई एकमुष्ठ ३ लाख दिने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र हाम्रो पार्टीको बीचमा छलफल भइसकेको छ’ कांग्रेसले भूकम्पपीडितलाई २ लाख दिन माग गर्दै संसद् अवरुद्ध पारिरहेकै बेला प्रचण्डले भने, ‘भूकम्पपीडितलाई २ लाख होइन ३ लाख रुपियाँ एकमुष्ठ दिने सरकारको आन्तरिक तयारी छ।’
प्रचण्डले भूकम्पपीडितलाई सकेसम्म चाँडो छानामुनि ल्याउनुपर्नेमा समेत जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.