|

कालिकोट : जिल्लाको पलाँता गाउँपालिका–१ खाडामा भएको आगलागीमा ८७ घर नजलेको पुष्टि भएको छ। खाडामा १२ घर जलेर नष्ट भएको ३२ परिवार पीडित रहेको र जनप्रतिनीधि र वडा सचिवले राहतका लोभमा संख्या बढाएको पुष्टि भएको हो।

संख्याका विषयमा यकिन नहुँदा राहतमा समस्या भएको र त्यसको विषयमा पुष्टि सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार दुलाल र जिल्ला प्रहरी कार्यालय डिएसपी विनोद शर्मा खाडा पुगेपछि संख्या यकिन भएको हो।

खाँडामा आगलागीबाट १२ घर जलेर नष्ट भएको ३२ परिवार प्रभावित भएको ९ परिवार अहिले भारतमा तराईमा बस्ने गरेको सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले बताए। ‘१२ घर जलेर नष्ट भएका छन्। ३२ घरपरिवार प्रभावित भएका छन्।’ उनले भने,‘८७ घर परिवार भनेर त्यहाँ पुगेको प्रहरी र जनप्रतिनीधिले गलत रिर्पोट गरे।’

पीडित परिवारले ३० हजार पाए

प्रदेश सरकारले दिएका २० हजार जिल्ला दैविक प्रकोप उद्दार समिति कालिकोटले प्रतिपरिवार जनही ३० हजारका दरले एकमुष्ट रुपमा २३ परिवारलाई राहत वितरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी दुलालले बताए। ‘त्यहाँ रहेका २३ परिवारलाई राहत वितरण गरेका छौं।’ उनले भने,‘९ परिवार भारत र तराईमा बस्ने भएका कारणले सम्पर्कमा आएपछि वितरण गर्ने तयारी गरेका छौं।’

राहतका लोभको संख्या बढाइयो

राहतका लोभमा वडा अध्यक्ष, उपाध्याक्ष र वडा सचिवहरुले संख्या बढाएको प्रहरीले आंशका गरेको छ। राहत धेरै पाउने लोभमा जनप्रतिनीधिहरुले आगलागीबाट ८७ घर जलेको संख्या दिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी दुलालले बताए। ‘राहत धेरै आउने लोभमा संख्या बढाएको देखिन्छ।’ उनले भने,‘जनप्रतिनीधिहरुले राहतको लोभमा गलत सूचना दिएको पाइयो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.