|

गुल्मी : २०७२  सालमा गएको महा भूकम्पमा  घरबारबिहीन भएकालाई सरकारले निजी आवास निर्माणका लागि तीन लाख रुपैया दिने भएपछि यदि कसैले झुटा बिबरण पेश गरी अनुदान लिएको भएमा अनुदान रकम फिर्ता गर्न राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय तम्घास गुल्मीले आग्रह गरेको छ। 

कार्यालयका प्रमुख पारस पन्थीका अनुसार भुकम्पबाट क्षतीग्रस्त भएको घरबाहेक अन्य ठाउँमा बस्न योग्यहरू भएमा पीडितले एक वा सो भन्दा बढी स्थानबाट अनुदान लिएमा अनुदान रकम फिर्ता गर्न आग्रह गरेको जानकारी दिए। यदि झुटा विवरणहरू पेश गरी अनुदान रकम लिने, फिर्ता गर्न आग्रह गर्दा पनि अनुदान रकम फिर्ता नगरे सो रकम सरकारी बाँकी सरह असुलउपर गरिने जानकारी दिए। 

पन्थीका अनुसार गुल्मी जिल्लामा कुल लाभग्राही चारहजार १४४ मध्ये तीनहजार ९३४ जनाले अर्थात ९४.९३ प्रतिशतले पहिलो किस्ता लिएको, एकहजार ९०२ जनाले अर्थात ४५.८९ प्रतिशतले दोस्रो किस्ता लिएको र अन्तिम किस्ता लिनेमा ७३० अर्थात १७.६१ प्रतिशत रहेकाले झुटा विवरणहरू पेश गरी अनुदान लिएकाले अनुदान रकम फिर्ता नगरे कानुनअनुसार कारवाही गरेरै छाड्ने दाबी गरे। 

पन्थीका अनुसार कार्यालयमा एकहजार ७१४ जनाको गुनासो दर्ता भएकोमा ५४३ वटा फर्छ्याैट भएको मा १२ लाभग्राही रहेको, १०९ प्रबलीकरणमा रहेको, ४५२ जनाको स्थान प्रमाणीकरण गर्नु पर्ने र ४० जनाको अन्य स्थानमा घर भए नभएको स्थानीय तहबाट प्रमाणीकरण गराउनु पर्ने भएको जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.