|

सामाजिक सञ्जालबाट किशोरभन्दा किशोरीहरू बढी प्रभावित भएको एक अध्ययनले देखाएको छ।

आफ्ना साथीहरूसँग सम्पर्कमा रहन र सिक्नका लागि सामाजिक सञ्जाल किशोरकिशोरीहरूका लागि सहयोग माध्यम हो। तर यसले उनीहरूलाई नकारात्मक प्रभाव पनि पारेको पाइएको छ। लण्डन विश्वविद्यालयका विद्यार्थीहरुले गरेको सो अध्ययन 'इक्लिनिकल मेडिसिन' नामक जर्नलमा प्रकाशित भएको छ।

अध्ययनका अनुसार झण्डै १४ वर्षको उमेरका किशोरीहरूलाई सामाजिक सञ्जालको प्रयोगले बढी मानसिक तनाब बढाउने गरेको छ। प्रति दिन झण्डै पाँच घण्टा सामाजिक सञ्जाल प्रयोग गर्ने किशोरीहरूको शैक्षिक गुणस्तरमा ५० प्रतिशत ह्रास आएको पाइएको छ भने किशोरहरूको शैक्षिक गुणस्तरमा ३५ प्रतिशत ह्रास आएको छ।

तुलनात्मक रूपमा दैनिक एकदेखि तीन घण्टा सामाजिक सञ्जाल प्रयोग गर्नेहरूको पढाइमा भने सुधार आएको पाइएको अध्ययनले देखाएको छ। 'हामीले एउटा खतरनाक तथ्य फेला पार्‍यौँ, सुरुमा त पत्याउन पनि गाह्रो भयो, त्यो यही थियो की, सामाजिक सञ्जालको प्रयोगले छोराहरूलाई भन्दा छोरीहरूलाई बढी असर गरेको पाइयो,' अध्ययनका प्रमुख लेखक एभन केल्लीले भने।

यस अध्ययनले सामाजिक सञ्जालको प्रयोग र मानसिक तनावको सम्वन्धलाई पनि देखाएको छ। सामाजिक सञ्जालको गर्नेहरूमा मानसिक तनावको संकेत बढी देखिएको अध्ययनले पुष्टि गरेको छ।

सामाजिक सञ्जाल प्रयोग गर्नेहरू धेरै तनावपूर्ण, अशान्त र एक्लोपन अनुभव गर्ने गरेको पाइएको छ। अध्ययनले अन्य पक्ष पनि देखाएको छ। सामाजिक सञ्जालको प्रयोग गर्नेहरू कम सुत्ने, इन्टरनेटमार्फत् हुने दुर्व्यवहारमा पर्नेलगायतका समस्या पनि देखिने गरेको अध्ययनकर्ताहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.