|

काठमाडौं : सरकारले भारतबाट आयत हुने ८६ प्रकारका औषधिमा प्रतिबन्ध लगाउने तयारी गरेको छ। यसअघि ३० प्रकारका औषधि प्रतिबन्ध गर्न औषधि व्यवस्था विभागले सूची तयार गरेको थियो। अहिले त्यसलाई बढाएर ८६ पुर्याइएको छ।

औषधिहरुको सूची भने गोप्य राखिएको छ। प्रतिबन्धित औषधिको सूचीमा सरकारले निःशुल्क उपलब्ध गराउने र त्यसभन्दा बाहिरको पनि रहेको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए। प्रतिबन्धको तयारीसँगै विकागले नेपालका औषधि उत्पादक कम्पनीको गुणस्तरको सूची आफ्नो वेबसाइटबाट हटाएको समाचार नयाँ पत्रिका दैनिकमा छ।

सरकारले २३ स्वदेशी औषधि उत्पादक कम्पनीको नवीकरण रोकेको छ। विश्व स्वास्थ्य संगठनको असल उत्पादन अभ्यास मापदण्ड पूरा गर्न नसक्दा वर्षौंंदेखि नेपाली कम्पनीको नवीकरण रोकिएको हो। ३९ वटा उद्योगले औषधि व्यवस्था विभागमा नवीकरणका लागि निवेदन दिएकोमा २३ फर्मास्युटिकल्स प्रालिको नवीकरण रोकिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.