विश्व

शेख हसिनाको सपथ आज
SHARES

पुस २३, २०७५

    बंगलादेशको नयाँ प्रधानमन्त्रीका रुपमा शेख हसिनाले सोमबार पद तथा गोपनीयताको सपथ लिने भएकी छन्।  गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनबाट उनको दलले संसदमा बहुमत हासिल गरेसँगै हसिना पुनः प्रधानमन्त्री बन्न लागेकी हुन्। 

    शेख हसिनासँगै नयाँ मन्त्रिपरिषदको पनि सोमबार नै सपथ हुनेछ। बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले शेख हसिनालाई सरकार गठन गर्न औपचारिक आमन्त्रण गरेका छन्। प्रधानमन्त्रीका रुपमा शेख हसिनाको यो लगातार तेस्रो कार्यकाल हुनेछ। 

    यहीबीच, जातीय औक्या फ्रन्टले प्रधानमन्त्रीको सपथ कार्यक्रम बहिस्कार गर्ने जनाएको छ। मुख्य प्रतिपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) र यसको गठबन्धनले चुनावी परिणाम अस्वीकार गर्नुका साथै स्वतन्त्र सरकारको नेतृत्वमा नयाँ निर्वाचन गराउन माग गरेको छ। बंगलादेशको नयाँ संसदको अधिवेशन भने जनवरी २८ देखि शुरु हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]