|

काठमाडौं : नेपाली बजारमा कति मूल्यका गाडी बिक्री हुन्छन् होला ? तपाईलाई लाग्न सक्छ, धेरै नेपालीहरु मध्यमस्तरकै रहेको हुनाले नेपालमा महंगा गाडीहरु कम नै पाइन्छन्। तर त्यसो होइन नेपालमा करोड मूल्यका दर्जनौं ब्राण्डका गाडीहरु बिक्री हुन्छन्। ती गाडी नेपालका सडकमा नेपालीहरुले चढ्छन्। थाहा पानउनुस् नेपालमा पाइने महंगो गााडी र त्यसको मूल्य। 

टोयटाका नौ गाडी 

नेपाली बजारमा सबै बिक्री हुने सबैभन्दा महङ्गो गाडी टोयटा कम्पनीको ल्यान्ड क्रुजर स्टेसन हो। यो गाडीको मूल्य ३ करोड २३ लाख रुपैयाँ पर्ने नेपाल अटोमोवाइल डिलर एसोसिएसनले जनाएको छ। नेपाली बजारमा ल्यान्डक्रुजर सहित १ करोड भन्दा बढी मूल्य पर्ने २९ गाडी रहेका छन्।

नेपालमा बिक्री हुने अरु दुई महङ्गा गाडी पनि टोयटा कम्पनीकै छन्। टोयटाको प्राडो ड्युल एसी भीएक्स एटी गाडीको मुल्य २ करोड ३३ लाख रुपैयाँ पर्छ। त्यस्तै तेस्रो महङ्गो गाडी टोयटाकै प्राडो ड्युल एसी भीएक्स २ करोड ३० लाख रुपैयाँ पर्छ। टोयटाको गाडी नेपाली बजारमा युनाइटेड ट्रेडर्स सिन्डिकेट प्राइभेट लिमिटेडले गरेको छ।

करोड बढी मूल्य पर्ने गाडीमा टोयटा कम्पनीकै ९ वटा रहेका छन्। टोयटाको प्राडो ड्युल एसी टि एक्स अटो १ करोड ८६ लाख र  प्राडो ड्युल एसी टि एक्स म्यानुअलको  १ करोड ८४ लाख रुपैयाँ पर्छ। त्यस्तै टोयटाकै  कस्टर १ करोड ५३ लाख, र्‍याभफोर अटो १ करोड ३० लाख, ल्यान्डक्रुजर फाइभ डुर १ करोड ३० लाख रुपैयाँ पर्छ। त्यस्तै टोयटाकै र्‍याभ फोर म्यानुअल  गाडी पनि नेपालमा पाइने महङगोमध्येको गाडी हो। यसको बजार मुल्य १ करोड ६ लाख रुपैयाँ तोकिएको छ।

हुन्डाईका तीन

हुन्डाई कम्पनीका पनि ३ मोडेलका महङ्गा गाडी नेपाली बजारमा बिक्री हुन्छन्। हुन्डाईका गाडी नेपालमा लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिक्री गर्छ। सान्ता फी जीएलएस प्लस २१९९ सीसी १ करोड २८ लाख ९६ हजार, सान्ता फि जीएसएल २१९९ सीसी १ करोड २२ लाख ९६ हजार र टक्सन जीएलएस १९९५ सीसी १ करोड २ लाख ९६ हजार रुपैयाँ पर्छ। 

फक्सवागन

फक्सवागन कम्पनीका गाडी पनि नेपाली बजारमा धेरै मूल्य पर्ने गाडी मध्ये पर्छन्। यस कम्पनीका गाडी नेपाली बजारमा पूजा इन्टरनेशनल कम्पनीले बिक्री गर्छ। फक्स वागन पास्ट सीसी १.८ एल १ करोड १४ लाख, फक्सवागन टाइगन १ करोड ७ लाख र फक्सवागन टाइगन २.० एल १९६८ सीसी १ करोड २ लाख रुपैयाँ पर्छ। 

निशान*

निशान कम्पनीका गाडी पनि नेपाली बजारमा धेरै मूल्य पर्ने गाडी मध्य पर्छन्। यस कम्पनीका गाडी नेपाली बजारमा दुगड ब्रदर्श एण्ड सन प्रालिले बिक्री गर्छ। निशानका दुई मोडलका गाडी करोड मूल्यका छन्। निसान एक्स ट्रिल सेभेन स्टार १ करोड २० लाख र निसान एक्स ट्रिल फाइभ स्टार १ करोड १६ लाख रुपैयाँ पर्ने नेपाल अटोमोवाइल डिलर एसोसिएसनले जनाएको छ। 

सुवारु

सुवारु कम्पनीका गाडी पनि नेपाली बजारमा धेरै मूल्य पर्ने गाडी मध्य पर्दछन्। यस कम्पनीका गाडी नेपाली बजारमा विजय मोटर्स प्रालिले बिक्री गर्छ। सुवारु कम्पनीका तीन मोडलका गाडी करोड मूल्यका छन्। सुवारु केइएसई १ करोड १० लाख, सुवारु एक्स भीको पनि १ करोड १० लाख र सुवारु फोर स्टार केइक्युइ १ करोड ८ लाख रुपैयाँ पर्छ। 

स्याजोङ

स्याजोङ कम्पनीका गाडी पनि नेपाली बजारमा धेरै मूल्य पर्ने गाडीमध्ये पर्छन्। यो कम्पनीका गाडी नेपाली बजारमा आइएमएस मोटर्स प्रालिले बिक्री गर्छ। स्याजोङ कम्पनीका दुई मोडेलका गाडी करोड मूल्यका छन्। रेक्सटोन एटी १ करोड ९ लाख ७५ हजार र  रेक्सटोन एमटी १ करोड ३ लाख ७५ हजार रुपैयाँ पर्छ। 

माज्दा

माज्दा कम्पनीका गाडी नेपाली बजारमा पद्मश्री प्रालिले बिक्री गर्छ। यसका तीन मोडल करोड मूल्यका छन्। सीएक्स फाइभ फोर डव्लु डी २५०० सीसी, १ करोड २५ लाख, सीएक्स फाइफ २५०० सीसी १ करोड २० लाख र सी एक्स फाइभ २००० सीसी १ करोड ५ लाख रुपैयाँ पर्छ। 

फोर्ड

यो कम्पनीका गाडी गो अटोमोवाइल्स प्रालिले बिक्री गर्छ। यसका तीन मोडेलका करोड मूल्यका छन्। एण्डेभर टाइटनट ३.२ एलको १ करोड २९ लाख, ३.२ एलको १ करोड १६ लाख र एण्डेभर  २.२ एल को  १ करोड १२ लाख रुपैयाँ पर्छ। 

किया

किया कम्पनीको गाडी पनि नेपाली बजारमा धेरै मूल्य पर्ने गाडीमध्यु पर्छ। कन्टिनेन्टल एसोसिएट्सले नेपालमा कियाका गाडी बिक्री गर्छ। यसका २५ मोडलका गाडी नेपाली बजारमा आउने गरेकोमा १ करोड माथी पर्ने मोडलको एउटा छ। यसको सेरेन्टो गाडी १ करोड २५ लाख रुपैयाँ पर्दछ।

*भूलवस निशान हुनुपर्नेमा महिन्द्रा हुनु गएकाले सच्याइएको छ।

(समाचारमा नेपाल अटोमोबाइल डिलर्स एसोसिएसनमा आवद्ध नभएका डिलरहरूले बिक्री गर्ने गाडी समावेश गरिएको छैन।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.