|

कञ्चनपुर : पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। 

आइतबार राति महेन्द्रनगरबाट झलारी बजारतर्फ आउँदै गरेको म १ प ३९६४ नम्बरको मोटरसाइकलमा दुर्घटना हुँदा शुक्लाफाँटा नगरपालिका–१० का करिब ३९ वर्षीय गणेशराज भट्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।

कल्भर्ट नजिक दुर्घटनामा परी बेहोस फेला परेका भट्टलाई स्थानीयले उद्धार गरी झलारीस्थित न्यु झलारी क्लिनिकमा प्राथमिक उपचार गरी उपचारका लागि कैलालीको अत्तरियामा रहेको पद्मा अस्पतालमा पुर्‍याइएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले बताएको छ। 

मृतकको शव परीक्षणका लागि सेती अञ्चल अस्पताल धनगढी लगिएको छ। तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.