|

डोल्पा :  डोल्पा जिल्लामा भारी हिमपात भएको छ ।   एकसाता देखिको बदलीसँगै आइतबार रातीदेखि हिमपात सुरु भएपछि डोल्पाका बस्ती हिउँले सेताम्य भएका छन्। वर्षातसँगै भारी हिमपात भएपछिे जनजीवन कष्टकर बनेको छ।

केही साता अघिसम्म सुख्खा देखिने डाँडाकाडाहरु हिउँले भरिभराउ भएपछि सेतो घुम्टोमा बेहुलीझै सिगारिएको हो। हिमपात पछि जेठमा पाक्ने गरि मंसिरमा लगाइएकोको बर्खेबालीका लागि समेत फाइदा हुने भन्दै कर्णालीका कृषकहरु उत्साहित भएका छन्।

 खेतबारीमा लगाइएको गहुँ, जौँ, उवालगायतका बालीनालीका लागि पुस, माघमा वर्षातसँगैको हिमपात आवश्यक हुने  भएकाले हिमपात पछि कर्णालीका कृषकहरु धेरै उत्साहित भएका हुन्।

वर्षातसँगैको हिमपातले बर्खेबालीलाई फाइदा गर्ने र उत्पादन राम्रो हुने त्रिपुरा सुन्दरी नगरपालिका १ का कृषक मोतीलाल बोहोराले बताए। हिमपातले उम्रिन बाँकी अन्नबालीहरु उम्रिने उम्रिसकेको अन्नबालीहरु बड्ने भएपछि जिल्लाभरका कृषकहरुमा खुशी छाएको उनको भनाइ छ।

 कृषि ज्ञान केन्द्र डोल्पाका प्रमुख भिमबहादुर धरालाका अनुसार जिल्लाको असि प्रतिशत जमिनमा सिँचाइ सुबिधा नपुगेको अबस्थामा यस पटकको हिमपातले बालीनाली उत्पादनमा फाइदा पुग्ने बताए।

आइतवार रातिदेखि भएको हिमपातपछि डोल्पाको एकमात्र यातायातको साधनको रुपमा रहेको जुफाल विमानस्थलमा अबरुद्ध भएको छ भने हवाइमैदानमा समेत हिउँ जमेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.