|

पर्वत : देशका बिभिन्न स्थानमा जसतै म्याग्दीको धौलागिरी गाउँपालिका १ गुर्जामा पनि हिमपात भएको छ। अत्यधिक चिसो बढेसँगै गएरातीदेखि हिमपात शुरु भएको हो। अहिलेसम्म करिब १ फिट भन्दा बढी हिउँ परेको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक बीरबहादुर बूढाले जानकारी दिए।

हिमपातको कारण विद्यालयमा पठनपाठन गराउन विद्यार्थी र शिक्षकलाई समस्या भएको छ भने गाउँका बृद्धबृद्धा नागरिकहरू समेत घरबाट बाहिर निस्कन मुस्किल परेको छ। यो वर्षको पहिलो हिमपातले कृषकहरू भने उत्साहित बनेका छन्। हिमपात भएपछि जमेको हिँउ पग्लिएर खेतबारीमा हालेको मल भिज्ने र बोट बिरुवा फस्टाउने, उत्पादन बढ्ने भएपछि कृषकहरूको लागि हिमपात लाभदायी हुने गरेको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए।

गुर्जासँगै म्याग्दीको माथिल्लो भेगमा हिमपात भएको छ।अत्यधिक बढेको चिसोले पानी जमेपछि घोडेपानीका होटल व्यवसायीहरू समस्यामा परेका छन्। चिसोले मुहानको पानी नै जमेर बरफ बनेपछि पिउने र सरसफाइका लागि पानीको समस्या भएको छ।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.