|

हुम्ला : अस्तिदेखि हिमपातले हुम्लाको जनजीवन कष्टकर बनाएको छ। आउने चैत महिनामा एसइईको तयारी गरिरहेका विद्यार्थीलाई भने 'ट्युसन कक्षा' लिनमा समस्या बनाएको छ। बिहान पाँचबजे उठेर विषयगत ट्युसन कक्षा लिनका लागि विद्यालयमा जानुपर्ने भएकोले बिहान ६ बजे अपरान्ह १२ बजे र दिउँसै ४ बजे तीनवटा विषय कक्षा लिएको रलिङ माविका विद्यार्थी माइकल बोहराले बताए।

चिसोले कक्षा कोठामा पनि बस्न नसिकिने र कोठमा पनि चिसोले सिरक ओढेर अध्यान गर्नु परेको बाध्यता भएको सुनाए। उता सरले पढाएको कुरा कापीमा नोट सार्न पनि गाह्रो छ। चिसोले हातै नचल्ने हुन्छ। अहिले सदरमुका सिमकोटको तापक्रम माइनस १४ डिग्री छ। निरन्तर हिउँ परिरहेकोले एसइई परीक्षा तयारी कक्षामा कसरी अध्ययन गर्ने भन्ने विषयमा चिन्ता लागिरहेको अर्का विद्यार्थी सन्देश बोहराले बताए। तर सरले पढाएका कुरा चिसोले खाइदिएको छ र नोट सार्न पनि अति गाह्राे भएको बताए।

अहिले हुम्लाका सातै वटा गाउँपालिकामा रहेका २७ वटै माविबाट एसइई परीक्षा दिने विद्यार्थी सदरमुकाम सिमकोटमा आइपुगेका छन्। धेरै जनाले ट्युसन कक्षा लिनको लागि ग्रुप बनाएर विषयगत शिक्षकबाट कक्षा लिइरहेका छन्। सदरमुकाम सिमकोटमा रहेको मानिसरवर माविका प्रधानाध्यापक तथा अंग्रेजी विषयका शिक्षक अमरबहादुर शाही भने आफूसँग १२० जान अंग्रेजी विषयमा अध्यायन गर्नै एसईइका विद्यार्थी आउने गरेको बताए। विहान ६ बजेबाट वेलुकी ५ बजेसम्म विद्यार्थीलाई पढाउने गरेको शिक्षक शाहीले बताए। 

हिउँदको समयमा कक्षा लिन समेत शिक्षकलाई समेत गाह्रो भएको शिक्षक शाहीले जानकारी गराए। उता विद्यार्थीले पनि नोट सार्न लगाए पनि चिसाले सममस्या बनाएको बताए। आउने चैत महिनाको १० गतेबाट शुरु हुने एसईइ परीक्षाको लागि ट्युसन कक्षा लिनेको संख्या दिन प्रतिदिन बढदै गएको शिक्षक शाहीले बताए। एक सातादेखि हुम्लाको मौसम बदलिएपछि दिन प्रतिदिन चिसो बढ्दै जानु र हावाहुरी समेत लाग्ने भएकोले पनि विद्यार्थी लाई ट्युसन कक्षा लिन समेत समस्या बनाएको शिक्षक शाहीले बताए।  


 
विद्यालयमा सबै कोर्ष पुरा नभएकोले बाँकी बिषय अध्यायन गर्नको लागि सिमकोटमा ट्युसन कक्षा लिन आएको एसईइ परिक्षा तयारी कक्षाका विद्यार्थी सुस्मीता फडेराले बताईन। गाउँबाट आठ कक्षा माथि देखि एसइईको तयारीका लागि विद्यार्थीहरु सिमकोटमा ट्युसन लिन आउने गरेको मानसरोवर माविका गणित बिषयका शिक्षक धनबहादुर ऐडीले बताए। हिउँदमा विद्यार्थीलाई मात्र नभएर ट्युसन दिने आफू शिक्षकलाई समेत हिमपातकै कारणले  समस्या बनाएका शिक्षक ऐडीले बताए। 

हिमपाते कार्यालयदेखि पसलसमेत सुनशान

शनिबार बिहानबाट परेको हिमपात र चिसोले सरकारी गैरसरकारी कार्यलय र पसल समेत सुनसान देखिएका छन्। गाउँबाट सदरमुकाम सिमकोटमा आउने सेवाग्राही समेत आवतजावतमा कमी देखिएको छ। हिमपात र अत्याधिक चिसोले सरकारी गैरसरकारी कार्यालयमा हिटर बालेर सेवाग्रहीको काम गर्नु परेको गैरसरकारी नामक संस्था किर्डाक हुम्लाका लेखाअधिकृत कुलबहादुर लामाले बताए।

पुस महिना शुरु भएदेखि हुम्लमा चिसो बढेकोले पनि गाउँबाट सेवाग्रही कममात्र आउने गरेको बताए। उता सरकारी कार्यलय र गाउँपालिका कार्यालयमा पनि दैनिक दिन हुने भीड भाडमा हिजोआज चिसोले कमी आएको देखिन्छ सिमकोट गाउँपालिका योजना अधिकृत जग रोकायाले बताए। 
अधिकांश कार्यलयका प्रमुखसहित चिसो छल्नको लागि विभिन्न कामको बहाना बनाउँदै शहरतिर झरेका छन्।

चिसोले दैनिक दिन कार्यलय संचालन गर्न  समस्या बनाए यता पनि सेवाग्राहीलाई सेवा प्रवाह भइरहेको जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले बताए  हिमपातले किसानले लगाएको वालीनाली राम्रो सप्रने आशामा र यता चिसोले वालवालिका वयाेवृद्धदेखि सबैलाई निमोनियाबाट बाँच्न समेत आग्रह गरे। अहिलेसम्म हुम्लामा हिंमपातले कठग्रिएर मरेको खबर काहिँ कतैबाट नसुनिएको खुशी व्यक्त गरे। तर  हिमपातसँगै अत्याधिक चिसो बढेकोले सिमकोट बजारमा संचालन भएका पसल, होटल समेत नखुलेको प्रमुख जिल्ला अधिकारी ढुंगानाले बताए। 

बिहान सिमकोट बजार परिक्रममा निस्क्रिन भएका सुरुक्षा अधिकारी तथा प्रमुख जिल्ला अधिकारी ढुंगाना भने फाटफुट मात्र पसल खुलेको तै पनि बख्खु लगाएर पसल खोलेको मानिसको चहलपल कम मात्र भएको र सुनसान देखिएको जानकारी गराए। 

हिंउँले उतरी हुम्ला सेताम्मै

मध्यपश्चिम सुदूरपश्चिमका हिमाली जिल्ला हुम्ला लगायतका उतरी जिल्लाहरूमा शनिबारबाट परेको हिंपातले  सेताम्मै बनाएको छ। कर्णाली प्रदेशका हुम्ला, मुगु, डोल्पा, जुम्ला कालिकोटसहित अधिकांश जिल्लामा हिमपात भएको छ भने सुदूरपश्चिमका बाजुरा लगायतका उतरी हिमाली जिल्लाहरूमा हिममपात भएको छ। शनिबार वेलुकीबाट परेको हिंपातले हुम्लाका उतारी नाम्खा गाउँपालिकाको लिमको तिल, हल्जी जाँग र मुचु,यारी लगायतका गाउँमा भारी हिमपात भएको हो। दुई दिनदेखि परेको हिमपातले मुचु, यारी गाउँमा २ फिट हिउँ जमेको छ भने उता लिमी भ्यालीमा ३ फिट हिउँ जमेको मुचु प्रहरी चौकीलाई उद्यृत गर्दै जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नावय उपरीक्षक रविन श्रेष्ठले बताए। 

हिमपातसँगै चिसो बढेको स्थानीयले बताएका छन्। हुम्लाकोे उत्तरी गाउँपाकिला सिमकोट खार्पुनाथ लगायतका गाउँहरूमा हिमपात भएको हो। हिमपातले चिसो बढे पनि किसानले लगाएको जेठासी बाली उवा, जौ, गहुँ र नाफल लगायतका बालीलाई भने राहत भएको किसानले बताएका छन्। आकाशे खेतीको भरमा खेतीपाती गर्ने किसानलाई हिमपात भएसँगै अन्न उत्पादन वृद्धि हुने किसानले आशा गरेका छन्। 

हिमपातले सबै गाउँहरु सेताम्य भएका छन्। धारामा पानी जमेका कारण पानी तताएर धारोमा हालेपछि मात्र धारोमा पानी आउने गरेको कैलाश वोडिङ स्कुलका शिक्षक मिगुर लामाले बताए।हुम्लाका उतरी साविका गाविस लिमी, मुचु, खंगालगाउँ, हेप्क, डाँडफाय, स्याँडा सिमकोट बरगाउँ, राहदेव लगायतका गाउँहरूमा हिमपात भएको छ।

हिमपात हुँदा दुई दिनदेखि हवाई सेवा ठम्प 

शनिबारदेखि हिमपात हुँदा हुम्लामा हवाई सेवा ठप्प भएको छ। लगातार हिउँ परेपछि उडान अवरुद्ध भएको सिमकोट विमानस्थल स्राेतले बतायाे। हिमपातसँग खबराब मौसम र हावाहुरीकै कारणले हवाई उडान अबरुद्ध भएका छन्। दैनिक दिने नेपालगन्ज र सुर्खेतबाट उडान भदै आइरहका जहाज एकासी हिमपात हुँदा रोकिएको छ। एकमात्र यातायात सेवाका रुपमा रहेको हवाई सेवा बन्द हुँदा यात्रु मारमा परेका छन्।

सरकारी तथा गैरसरकारी कार्यालयमा विभिन्न कामकाजले आउने सेवाग्राहीको चाप ह्वात्तै घटेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.