|

 मलेसियामा बाहलवाला राजाले पद त्याग गरेकाले यही महिना नयाँ राजा चयन गरिने भएको छ। नयाँ राजा चयनसँगै उहाँको पदबहाली समारोह पनि यही महिना गर्ने कार्यतालिका बनाइएको राजप्रासाद अधिकारीहरूले सोमबार बताएका छन्। 

मलेसियाका नौवटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा चयन गर्ने अनौठो प्रचलन रहेको छ। पछिल्ला राजा सुल्तान मुहम्मद पाँचौँले आफ्नो कार्यकाल पूरा नहुँदै आइतबारदेखि लागू हुनेगरी राजगद्दी त्यागेको घोषणा गरेपछि नयाँ राजाको खोजीका लागि निर्वाचन भएको हो। रूसी पूर्व सुन्दरीसँग विवाह गरेकाले उहाँले समय अगावै राजगद्दी त्यागेको अनुमान गरिएको छ। 

मलेसियामा सन् १९५७ यता कुनै राजाले राजगद्दी त्याग गरेको यो पहिलो घटना हो। उनले गत नोभेम्बरमा औषधि उपचारका लागि भन्दै लामो विदा लिएका थिए। 

राजा सुल्तानले दुई वर्ष अगाडि राजगद्दी सम्हाल्नु भएको थियो। राजप्रासाद कार्यालयले ४९ वर्षीय राजाले राजगद्दी त्याग गर्नुको कुनै कारण भने खुलाएको छैन। 
राजप्रासाद कार्यालयद्वारा जारी वक्तव्यमा भनिएको छ, 'महाराजाधिराज सुल्तानले जनवरी ६ तारिखबाट लागू हुने गरी १५ औं राजाका रुपमा गद्दी त्याग गरेको घोषणा गर्नुभएको छ।' 

नयाँ राजा चयन गर्नका लागि यही जनवरी २४ तारिखका दिन सम्बन्धित निकायको बैठक बोलाइएको अधिकारीहरूले जनाएका छन्। नयाँ चयन भएका राजाले जनवरी ३१ मा पदबहाली गर्ने उनीहरूको भनाई छ। 

नयाँ राजाको पदबहाली समारोहलाई भव्य बनाइने छ। समारोहमा उहाँलाई सुरक्षाकर्मीहरूले सम्मानस्वरूप सलामी चढाउने छन् भने मुस्लीम पुजारी र हजारौ अतिथिहरू परम्परागत पोशाकमा सहभागी हुनेछन्। 

मुस्लिम–बहुल मलेसियामा संवैधानिक राजतन्त्रात्मक व्यवस्था रहेको छ। उनीहरु विषेशगरी मुस्लीम मलाय समुदायबाट चयन हुन्छन्। 
मलेसियामा राजालाई अति धेरै सम्मान गरिन्छ भने उनीहरुको आलोचना गर्न कडा प्रतिबन्ध रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.