|

कार बिक्रीमा सन् २०१८ मा व्यापक दरमा गिरावट आएको बेलायतको कार कम्पनीको एउटा प्रचार समूहले जानकारी गराएको छ। यो गिरावट एक दशक पहिले देखिएको विश्वव्यापी आर्थिक मन्दीपछि आएको सवैभन्दा उच्च गिरावट हो। 

मोटर निर्माण कम्पनीको तथा व्यापारीहरूको समूह, द सोसाइटी अफ मोटर म्यानुफ्याक्चरर्स एण्ड ट्रेडर्स, ले सोमबार दिएको जानकारीमा गत बर्ष बेलायतमा कार बिक्रीमा छ दशमलब आठ प्रतिशतले गिरावट आएको छ। 

अघिल्लो बर्षमा २० लाख ३७ लाख कारको विक्री भएको थियो। विक्रीमा सन् २०१८ मा देखिएको गिरावट सन् २००८ पछि कै सवैभन्दा बढी हो। एक दशक पहिले विश्वव्यापी रूपमा आएको आर्थिक मन्दीको प्रभाब बेलायती अर्थतन्त्रमा पनि देखिएको थियो। 

समूहका प्रमुख कार्यकारी माइक हावेसले भने  'उपभोक्ताको लगानी गर्ने आत्मविश्वासमा कमी, आर्थिक बर्षको अस्पष्टता, नीतिगत सन्देशहरू र उच्च समस्याग्रस्त बजारमा नियमनकारी कानूनको परिवर्तनले कारको कारोबारमा कमी आएको हो।'

ब्रेक्जिटबारेको अनिश्चिततालाई प्रत्यक्ष दोष नलगाइकनै हावेसले भने  “यो तथ्यांक नीतिनिर्माताका लागि सचेत बनाउन एउटा सन्देशका रूपमा आएको छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.