|

जनकपुरधाम : १३ वर्षदेखि फरार रहेको प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ। अंगभंग मुद्दामा २ वर्ष कैद सजाय जिल्ला अदालत बाराले तोकेपछि फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बारा जिल्लमको प्रसौनी गाउँपालिका ५ (साविक प्रष्टोका गाविस ५) का बैजनाथ साह तेली रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। बारा जिल्ला अदालतबाट २०६२ साल असार १ गतेको फैसलालाई सदर गर्दै सर्वोच्च अदालतले २०६८ जेष्ठ २४ गते २ वर्षको कैद आदेश गरेकोमा उनी फरार रहँदै आएका थिए।

फरार प्रतिवादी साहलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले आफ्नै घरमा लुकीछिपी बस्दै आएको आरोपमा पक्राउ गरी जिल्ला अदालतमा प्रस्तुत गरि जिल्ला अदालतको आदेशले ठेकिएको कैद भुक्तानको लागी बीरगंज कारागार, पर्सामा पठाइएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले  बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.