|

जनकपुरधाम : धनुषामा एक अबोध बालिकालाई घरमा थुनेर यौन दुर्व्यवहार गरेको आरोपमा एकजना बृद्ध पक्राउ परेका छन्। धनुषाको हंशपुर नगरपालिका घर भएकी ५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बृद्धलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

पक्राउ पर्नेमा धनुषा जिल्लाको हंसपुर नगरपालिका ८ घर भएका ५३ वर्षीय कल्याण कार्की रहेको प्रहरीले जनाएको छ। स्कूल पढ्न गएकी बालिकालाई घर नजिकैको फुलवारीमा लगेर चकलेटको लोभ देखाएर यौन दुर्व्यवहार गरेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय धनुषामा पीडित परिवारले किटानी जाहेरी दिएपछि प्रहरी निरीक्षक उमाशंकर साह नेतृत्वको टोलीले घटनाका छानविन गरी पक्राउ गरेको थियो।धनुषाको गोदारमा बस्ने कार्की घरजग्गा बेच बिखन व्यवसायमा संलग्न छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.