|

धनकुटा :  महिलालाई हुने विभिन्न रोग निको पारिदिने भन्दै डर त्रास देखाई मनोमानी मूल्य लिएर धनकुटा गाउँगाउँमा ठगी गरेको आरोपमा धनकुटामा चारजना पक्राउ परेका छन्। विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोली जिल्लाले उनीहरूलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेहरूमा झापाको भद्रपुर नगरपालिका १ की २८ वर्षीया हस्नु बानु, बाराको गढिमाई ३ का ३० वर्षीया सनिचरी मालिन, २५ वर्षीया बुधिया खातुन, ३५ वर्षीया जयदा खातुन पक्राउ परेका जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिए। उनीहरूलाई धनकुटा नगरपालिका ६ मा शंकास्पद रुपमा हिडडुल गरिरहेको अवस्थामा पहिचान गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

उनीहरूले जात हेर्ने, जोखाना हेरी भविस्यवाणी गर्ने, महिलाका समस्याको उपचार गर्ने भन्दै जडिबुटी बेच्ने एवम मानिसलाई विभिन्न प्रलोभन देखाई, डर त्रास उत्पन्न गरी उपचार गर्ने वहानामा स्थानीयको नगत एवं गरगहना लुटपाट गर्ने एवं खोस्ने गरेको जनगुनासोको आधारमा पक्राउ गरिएको गुरुङले जानकारी दिए। उनीलाई जिल्ला प्रशासन कार्यालय धनकुटावाट म्याद थप गरी अभद्र व्यवहार कसुरसम्वन्धी अनुसन्धान भइरहेको र कसुर पुष्टि भएमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिवाना अथवा दुवै सजाय हुने एसपी गुरुङले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.