|

हेटौँडा : हेटौँडा उपमहानगरपालिका कार्यालयले खाद्य प्रयोगशाला सञ्चालनमा ल्याएको छ। बजार क्षेत्रमा अनुगमनको समयमा बरामद भएको खाद्यवस्तु खान योग्य छ वा छैन भनेर परीक्षण गर्न समस्या भएसँगै उपमहानगरपालिकाले आफ्नै कार्यालयमा प्रयोगशाला सञ्चालनमा ल्याएको हो।

करिब दश लाख रुपैयाँमा खाद्य प्रयोगशाला सञ्चालनमा ल्याएको उपमहानगरपालिका कार्यालयले जनाएको छ। प्रयोगशालामा पानी, मासु, मिठाइ र तेलको परीक्षण परीक्षण गर्न सकिने खाद्य परीक्षक एलिना न्यौपानेले जानकारी दिइन्। 

यस्तै, प्रयोगशालामा व्यक्तिगत र संस्थागत सम्पूर्ण खाद्य वस्तु परीक्षण गर्न ल्याउन सकिने उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताए। 

व्यक्तिगत र संस्थागत आएको नमुना परीक्षण शुल्क मासु र मासुजन्य वस्तुको ९००, तोरीको तेल एक हजार १००, वनस्पति तेल प्रशोधित ५५०, क्रुड आइल घ्यु तेल उद्योगको लागि आउने कच्चा पदार्थ ३०० रुपैयाँ निर्धारण गरिएको छ।

खाद्य प्रयोगशालाका लागि उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। त्यसमध्ये १० लाख रुपैयाँ खर्च भएको छ। बाँकी रकमबाट उपकरण र केमिकल थप गर्दै लैजाने योजना रहेको बताइएको छ। प्रयोगशालामा एक खाद्य विश्लेषक र एक सहयोगी राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.