|

श्रीलंकासँगको तीन खेलको एकदिवसीय श्रृंखला घरेलु टोली न्युजिल्यान्डले क्लिनस्विप गरेको छ। तेस्रो तथा अन्तिम खेलमा मंगलबार श्रीलंकालाई १ सय १५ रनले पराजित गरेपछि श्रृंखला ३–० ले क्लीन स्विप गरेको छ।

न्यजिल्यान्डले यसअघि  घरेलु मैदानमा पहिलो खेलमा ४५ र दोस्रो खेलमा २१ रनको जित निकालेको थियो। ३ सय ६५ रनको विशाल लक्ष्य पक्ष्याएको श्रीलंका ४२ औं ओभरमा सबै विकेट गुमाएर २ सय ४९ रनमा समेटियो। श्रीलंकाका थिसेरा परेराले ६३ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ८० रन बनाएपनि टिमको हार टार्न असफल भएका थिए।

त्यस्तै श्रीलंकाका धनन्जय डी शिल्भाले ३६, दनुष्का गुणतिलक ३१,निरोशन डिक्वेला ४६ र कुशल परेराले ४३ रन जोड्दै टिमलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर पछिल्लो क्रम नचल्दा श्रृलंका संभावित जितबाट विमुख भयो। अन्तिम चार विकेट गुमाउदा श्रीलंकाले कुनै रन जोड्न सकेन। न्युजिल्यान्डका लोकी फर्गुसनले सर्वाधिक ४ विकेट लिंदा इश सोधी ३ र जेम्स निशम र टिम साउदीको नाममा समान १ विकेट रह्यो।

त्यस अघि घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा रोश टेलर र हेनरी निकोलसको सानदार शतकमा ४ विकेटको क्षतिमा ३ सय ६४ रनको उच्च स्कोर बनाएको थियो। निकोलसले ८० बलमा १२ चौका र ३ छक्का प्रहार गर्दै १ सय २४ रनमा अविजित रहे।  रोश टेलरले १ सय ३१ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै १ सय ३७ रन बनाएका थिए।

त्यस्तै ओपनर कोलिन मुनरोले २१ र कप्तान केन विलियम्सनले ५५ रन बनाए। श्रीलंकाका लागि कप्तान लासिथ मालिङ्गाले ३ विकेट लिए। अव श्रीलंका र न्युजिल्यान्डबीचको एक मात्र टी–२० खेल आगमी ११ जनवरीमा हुँदै छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.