|

हेटौंडा : जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटेको विशेष प्रहरी टोलीले मंगलबार लागुऔषध मुद्दाका फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका ४ बस्ने ४९ वर्षीय रामकाजी श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मकवानपुर जिल्ला अदालतको गत बैशाख २४ गतेको फैसलाले ५ महिना कैद र सातहजार जरिवाना भई फरार रहेका श्रेष्ठलाई हेटौंडा उपमहानगरपालिका ४ फरेष्टीबाट पक्राउ गरेको हो।

निजलाई सम्मानित जिल्ला अदालत मकवानपुरमा उपस्थित गराए पश्चात उक्त कैद भुक्तानको लागी भिमफेदी कारागार मकवानपुरमा पठाइएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.