समाज

तीन किलो सुन र हिरासहित एक दम्पति पक्राउ
SHARES

पुस २४, २०७५

    सुर्खेत : भारतबाट चोरी गरेर ल्याएको तीन किलो सुन र हिरासहित एक दम्पतिलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। पुस ११ गते भारतको बंगलोरबाट चोरी गरेर ल्याएको सुन र हिरासहित ४७ वर्षका मंगल शाही र उनकी श्रीमती शौभाग्य शाहीलाई प्रहरीले पक्राउ गरेको हो।

    कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका ९ गडेगाउँ स्थायी ठेगाना भएका मंगललाई कालिकोटबाट र शौभाग्यलाई वीरेन्द्रनगरबाट पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआइजी महेशविक्रम शाहले जानकारी दिए। बंगलोरबाट प्रहरी सुर्खेत आएर चोरलाई खोजी गरिदिन आग्रह गरेपछि दम्पतिलाई नेपाल प्रहरीले पक्राउ गरेको शाहले बताए।

    पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ। बंगलोरको एक घरमा काम गर्न बसेका उनीहरूले घर फोडेर भागेको जानकारी सुर्खेत आएका भारती प्रहरीले दिएको डिआइजी शाहको भनाई छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]