|

जनकपुरधाम : नेपालकै पहिलो जनकपुरधाम–जयनगर रेल्वे सेवामा कार्यरत १६ जना स्थायी कर्मचारीलाई सेवामा खटाइएको छ। लामो समयदेखि रेल सेवा संचालन नभए पनि नेपाल रेल्वे कम्पनीको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी रेल्वेका पुराना कर्मचारीलाई निर्माणाधीन रेल संजालका संरचनाको रेखदेख गर्न नयाँ जिम्मेवारी दिइएको छ।

रेल विभाग काठमाडौंले २०७५ मंसिर ३ गतेदेखि निर्माणाधीन ‘ब्रोडगेज’ रेल स्टेसनमा निर्माणाधीन भवन, कर्मचारी आवास भवन लगायतका संरचना र प्रयोगमा रहेका सर सामानको विवरण तयार गरी राख्ने जिम्मेवारी दिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले दिए।

भारतको जयनगर स्टेसनमा गंगाराम मण्डल र रफिद कबाडी, धनुषाको इनरुवा स्टेसनमा मुनिलाल पासवान र रामनारायण धानुक, धनुषाको खजुरी स्टेसनमा उत्तिमलाल पण्डित र सैलुन कबाडीलाई खटाइएको छ। धनुषाकै महिनाथपुर स्टेसनमा हेमबहादुर कटुवाल, बैदेही स्टेसनमा नन्दकिशोर राय र सुरज मण्डल, परबाहा स्टेसनमा आलम कबाडी, जनकपुरधाम स्टेसनमा तुलाबहादुर डाँगी, रामचन्द्र साह, केवल नेपाली र बालेश्वर गद्दी, कुर्था स्टेसनमा सीताशरण यादव र रामअशिष भगतलाई खटाइएको छ।

रेल्वे कम्पनीसँग रेल सञ्जालमा काम गरेका अनुभवी स्थायी कर्मचारी १६ जना मात्र छन्। थप कर्मचारीका लागि रेल विभागले करारमा जनशक्ति भर्ना गर्ने तयारी भित्रभित्रै गरिरहेको छ। पुराना १६ जना स्थायी कर्मचारी नयाँ ‘ब्रोडगेज’ सेवाका लागि काम नलाग्ने भन्दै अनिवार्य अवकाश दिने तयारी रेल विभागले गरेको थियो। तर कात्तिक ८ गते रेल विभागका महानिर्देशक मिश्रले पुराना कर्मचारीहरूलाई अवकाश दिने भन्दै उठाएको टिप्पणीसहितको निर्णय सच्याई पुनः राख्ने निर्णय गरिएको जनाएका छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई कर्मचारीले अनिवार्य अवकाश नलिने भन्दै ज्ञापनपत्र बुझाएपछि तत्काल अवकास रोकिएको हो।

रेल्वे विभागद्वारा करारमा कर्मचारी

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल संचालनका लागि करारमा कर्मचारी भर्ना गर्ने तयारी गरेको र त्यसका लागि विभागले तत्काल रेल सेवा संचालन गर्न आवश्यक जनशक्ति करारमा भर्ना गर्ने जनाएको छ। करारमा कर्मचारी भर्नाका लागि कार्यविधि बनाउन रेल सेवा र प्राविधिक जनशक्तिबारे अनुसन्धान भइरहेको जनाइएको छ। तत्काल रेल्वेमा १७८ जना नयाँ कर्मचारी जनशक्ति करारमा भर्ना गर्ने तयारी गरिएको छ।

रेल संजाल संचालनका लागि आवश्यक पर्ने प्राविधिक र अप्राविधिक जनशक्तिमा कम्प्युटर प्रणालीसहित हुने भएकाले प्राविधिकतर्फ नयाँ शाखा थपिने तयारी भइरहेको छ। ब्रोडगेज रेल सेवामा इलेक्ट्रोनिक एण्ड कम्युनिकेसन शाखा थपिन लागेको हो। प्राविधिकतर्फ सिभिल शाखाअन्तर्गत सिभिल इन्जिनियर, सिभिल ओभरसियर, पर्मानेन्ट वे इन्स्पेक्टर (पीडब्ल्यूआई) हुन्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.